Logo
५ जेष्ठ २०८१, शनिबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नमबर २ को नाम ‘मध्य मधेश’ राख्ने तयारी, राजधानी जनकपुर

जनकपुर : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संसयूक्त सरकार रहेको प्रदेश नम्बर २ को नाम ‘मध्य मधेश’ राख्ने तयारी थालिएको छ । अब बस्ने प्रदेशसभाको बैठकले प्रदेशको नाम र स्थायी राजधानी तय गर्ने बताइएको छ । प्रदेशसभाका सभामुख सरोज यादवका अनुसार अबको बैठकमा प्रदेशको नाम र स्थायी राजधानी बारे प्रस्ताव गरिने छ । यसका लागि सर्वदलिय बैठकपछि प्रस्ताव तय गरिने सभामुख यादवले बताए । उनका अनुसार प्रदेश सभाका बहुमत सदस्यहरुले पारित गरेको नाम र स्थायी राजधानी तय हुनेछ ।

संघीय समाजवादी फोरमको तर्फबाट मोहम्द लालबाबु राउत नेतृत्वको सरकारले यसअघि नै दुई तिहाई बहुमत सावित गरिसकिएको छ । प्रदेशसभामा रहेका नेपाली काँग्रेस बाहेक सबै दलले सरकारलाई सर्मथन गरेको छ । तर्सथ सरकारले प्रस्ताव गर्ने नाम नै पास हुने निश्चित छ । मधेशी दलहरुले पुर्व झापादेखि पश्चिम कञ्चनपुर सम्म २२ ओटा जिल्लालाई मधेशको रुपमा मान्दै आएको छ । मधेशकेन्द्रित दलका कयौं दास्तावेजहरुमा मधेशीहरुको बाहुल्य रहेको २२ ओटा जिल्लालाइृ मधेश मानेको छ ।

तर सरकारी श्रोतका अनुसार प्रदेशको नाम ‘मध्य मधेश’ र स्थायी राजधानीका लागि जनकपुर प्रस्ताव गर्ने तयारी थालिएको छ । फोरम–राजपाको शिर्ष तहमा नाम र राजधानीबारे भएको आपसी सहमती अनुसार सरकारले प्रस्ताव गर्न लागिएको हो । मात्र ८ ओटा जिल्लाको प्रदेश २ भएका कारण मात्र मधेश राख्न नसकिने भन्दै मध्यमधेश नाम प्रस्ताव गर्न लागिएको हो । तर मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानीबारे अझैपनि छलफल जारी रहेको बताए । आइतबार संचारकर्मीहरुसंगको कुराकानीमा राउतले ऐतिहासिकता र भुगोल झल्किने खालका बिभिन्न नामहरुबारे छलफल भइरहेको बताए ।

यता, राजपा नेपालका संयोजक महन्थ ठाकुरले पनि यसबारे चासों व्यक्त गरेका छन् । ठाकुरले पूर्व र पश्चिमको मधेशीलाई पनि मधेशप्रतिको भावनामा ठेस नपुग्ने गरी प्रदेश २ को नाम मध्य मधेश राख्दा उपयुक्त हुने बताएका हुन् । ठाकुरले मधेश आन्दोलनको बलमा नै संघीयता प्राप्त भएका कारण एउटा क्रान्तिको सन्देश जान समेत प्रदेश २ को नाम मध्यमधेश प्रदेश उपयुक्त हुने बताए ।

तराई–मधेश राष्ट्रिय परिषद्का सदस्यहरुको ज्ञापनपत्र बुझ्दै ठाकुरले प्रदेश २ को नाम ‘मध्य मधेश’ राख्नमा सहमति जनाएका हुन् । ठाकुरले प्रदेश २ को नाम मध्य मधेश होस् भनेर आफुले प्रदेश सभा सदस्यहरुसँग समेत छलफल गर्ने परिषदका सदस्यहरुसँग प्रतिपद्धता व्यक्त गरेका छन् । परिषदका सदस्य सरोज रायले दिएको जानकारी अनुसार राजपाका संयोजक ठाकुरसहित राजपाका अन्य नेताहरु र फोरमका शीर्ष नेताहरु पनि मध्य मधेश प्रति सकारात्मक रहेका छन् । परिषदले प्रदेश २ को नाम मध्यमधेश हुनु पर्ने भन्दै सबै शीर्ष राजनीतिक नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ ।

मुख्यमन्त्री राउतद्धारा ११ बुँदे प्रतिबद्धता सार्वजनिक
यसैबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रतिबद्धताको पहिलो बुँदामा प्रदेशभित्र पूर्ण रुपमा सुशासन कायम गर्दै भ्रष्टाचारविरुद्ध शून्य सशनशीलता अपनाइने उल्लेख छ । मुख्यमन्त्री राउतले नीतिगत रुपमा गरिने भ्रष्टाचार स्वीकार्य नहुने बताउँदै प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती नसहने बताएका छन् ।
उनले प्रदेशका सेवाग्राही जनतालाई सरकारी कर्मचारीले २४ घण्टाभित्र काम पूरा गर्नुपर्ने र पूरा हुन नसक्ने कामको न्यायोचित कारण सेवाग्राहीलाई दिनुपर्ने उल्लेख गरेका छन् ।

प्रदेशका जनताले इमेल र विद्युतीय माध्यमबाट आफ्ना गुनासा मुख्यमन्त्रीकोक्ष कार्यालयमा टिपाउन सक्ने र जनताको गुनासोमा तत्काल कारबाही गरिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाएका छन् ।  मुख्यमन्त्रीले सार्वनजिक गरेको प्रतिबद्धतामा प्रदेशको कालाबजारी र महँगी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गरिने उल्लेख छ । यसैगरी उनले अनियन्त्रित र अवैध रुपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रण गर्ने जनाएका छन् । त्यस्तै, वन्यजन्तु तस्करी, प्राकृतिक स्रोत साधनको दोहन र वन फडानी कार्यलाई तत्काल रोकिने प्रतिबद्धता मुख्यमन्त्रीले गरेका छन् ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्