Logo
९ असार २०८२, सोमबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पमा परी ३१ जनाको मृत्यु

जाकार्ता :  पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ भ्वजन व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७/५ म्याग्निच्युडको मापन गरिएको छ । सो भूकम्प स्थानीय समया अनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।

भूकम्प शक्तिशाली रहेकोले ठूलो क्षति भएको अनुमान हिजो नै गरिएको थियो । सो भूकम्पबाट मङ्गलबार विनहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धारअधिकारीहरुले जनाएका छन् ।

यस भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार स्थानीय अधिकारीहरुले दिएका छन् । तर त्यसमा भौतिक सम्पत्तीमा भएको क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको स्नाथीय समाचारपत्रले जानकारी दिएको छ ।

भूकम्पबाट मेन्दी सहरका १३ र कुटुबु र बोसेभ सरहमा १८ जनाको बढीको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्