Logo
५ जेष्ठ २०८१, शनिबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको निधन

बेलायत  : बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको ३१ वर्षको उमेरमा निधन भएको छ । शनिबार भएको लाइट हेभिवेट फाइटको इलिमिनेटर राउन्ड जितेको केही घण्टापछि उनको उपचारका क्रममा निधन भएको जनाइएको छ । तर उनको निधन भएको सोमबार राति मात्र जानकारी गराइएको हो ।

खेल सकिएलगत्तै सञ्चारमाध्यमसँगको कुराकानी पछि उनी स्टक ब्याकस्टेजमा बेहोस भएर लडेका थिए । जसका कारण उनलाई तत्कालै अस्पताल लगिएको थियो ।उपचारका क्रममा उनको निधन भएको ब्रिटिस बक्सिङ संघले जनाएको छ । स्कटको निधनपछि यतिबेला बेलायती बक्सिङ खेलाडी आश्चार्यमा परेका छन ।

इलिमिनेटर फाइट जितेपछि स्कटले अर्को राउण्डमा कुर्टिस उडहाउससँग खेल्ने तालिका थियो तर त्यो पनि रद्द भएको छ । व्यवसायिक करियरमा उनले यसअघि ६ वटामा जित दुई हार र एक बराबरी बाउट खेलेका थिए । खेलको लगत्तै मृत्यु हुने स्कट एक्लो खेलाडी भने होइनन् । गएको जुन महिनामा क्यानडाका टिम हगले पनि रिङमा उत्रिएको दुई दिन पछि ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्