Logo
१० असार २०८२, मंगलबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइएस समूहसँग आवद्ध भएको अभियोगमा १६ महिलालाई मृत्युदण्डको सजाय

बग्दाद : इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताएका छन् । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ ।

न्यायाधीशका अनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन् । महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोशाकमा बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो ।

ती १६ महिलामध्ये चार जनाको स–साना बालबालिका पनि रहेका जनाइएको छ । आइएस लडाकूहरुको आफन्त भएको आशङ्कामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ । सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकूहरूसँग इराकी फौजविरूद्ध आफूले लडाई गरेको न्यायाधीशसमक्ष स्वीकार गरेकी अदालतका एक अधिकारीले बताएका छन् ।

सन् २०१७ मा मोसुल सहरका लागि भएको लडाइमा लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदण्ड सुनाइएको थियो । (रासस)

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्