Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीबाट आज मात्र २ जनाले सपथ लिने, गृहमन्त्रीमा बादल, मातृकालाई उद्योग

काठमाडौं : सत्तरुढ प्रमुख घटक एमालेसंग एकता घोषणा गरेको माओवादी केन्द्रले नयाँ सरकारमा रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

ऊर्जा मन्त्रालय दिन नेतृत्वलाई आग्रह गर्दै आएका मातृकालाई अन्तिम समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्योग मन्त्रीको जिम्मेवारी सुम्पिएका हुन् ।

माओवादी केन्द्रले पहिलो चरणमा आज दुई मन्त्रीलाई सरकारमा पठाउँदै छ । सपथको कार्यक्रम अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्