Logo
५ जेष्ठ २०८१, शनिबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार यज्ञशलाई रु. दुई लाख दुई हजार राशिको पुरस्कार

काठमाडौँ : पहिचान पुरस्कार कोष, बेलायतद्वारा प्रदान गरिने पहिचान पुरस्कार भूमिहीन किसानले भूमिप्राप्तिका लागि गरेको संघर्षमा आधारित कृति ‘भूइयाँ’का लेखक यज्ञशलाई आज प्रदान गरियो । पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ । कान्तिपुर दैनिकका पत्रकार यज्ञशलाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले यहाँ आज आयोजित एक कार्यक्रमकाबीच सो पुरस्कार प्रदान गर्नुभयो ।

सो समारोहमा पूर्वकुलपति काइँलाले यज्ञशले आफ्नो कृति भूइयाँमा पहिचानविहीनको आवाज मुखरित गर्नुभएको बताउनुभयो । कार्यक्रमका अर्का वक्ता खगेन्द्र संग्रौलाले कृतिका लेखकले समाजका सिमान्तकृत वर्गको संघर्षमा आधारित भएर उनीहरुको जीवन संघर्षलाई कृतिमा जीवन्तरुपमा उतारेको बताउनुभयो । साहित्यकार तथा पहिलोपटक सो पहिचान पुरस्कार प्राप्त गर्नुभएका राजन मुकारुङले पहिचानका पक्षमा सशक्त आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा पुरस्कार कोषका संस्थापक अध्यक्ष नरेश काङमाङ राईले पहिचानका पक्षमा आवाज उठाउने लेखकलाई प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउनुभयो । कोषका सचिव प्रकाश राईले संस्थाको गतिविधिमा प्रकाश पार्नुभएको थियो भने अभिनेता अनुप वरालले पनि पुस्तकबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । (रासस)

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्