Logo
१० जेष्ठ २०८२, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमुखी क्याम्पसमा विरोध गर्दै अनिश्चितकालीन तालाबन्दी

राजविराज : महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आईतबारदेखि अनिश्चित तालाबन्दी गरिएको छ ।

नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै आईतबार क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताए ।

विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पस गाभिएको छ । सो क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् । तालाबन्दी भएपछि पढाइ र दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्