Logo
५ जेष्ठ २०८१, शनिबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः काँग्रेससँगको सम्बन्ध तोड्दै राजपा-फोरम

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले लोकतान्त्रिक विचारवादी भन्दै लामो समयदेखि सहयकार्यमा रहेका नेपाली काँग्रेससँग सम्बन्ध तोड्ने भएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसंगै खुम्चिदै आएको कांग्रेससंग अन्ततः राजपा फोरमले समेत टाढिने भएका हुन् । कग्रेससंग राजपा–फोरमले सरकार निर्माणदेखि लिएर राष्ट्रियसभाको चुनावसम्म समेत सहकार्य गर्दै आएका थिए ।

तर, पछिल्लो समय राजनीतिक रुपमा कांग्रेस कम्जोर बनेको भन्दै राजपा फोरमले सम्बन्धमा पुर्णविराम लगाउने निर्णयमा पुगेका हुन् । ‘राजनीतिमा कोहि स्थाई दुश्वान वा मित्र हुदैन’ राजपा नेता राजकिसोर यादवले भने ‘हामिलाई कुनैपनि हालतमा संशोधन गराउनु छ र त्यसका लागि २ तिहाई चाहिन्छ र त्यो कांग्रेससंग छैन तर्सथ हामिले चाहेर पनि सहकार्य गर्न सक्दैनौं ।’ ‘बिगतमा हामिले कयौं किसिमका आलोचनाहरु सहेर पनि कांग्रेसलाई साथ दिएकै हो तर पछिल्लो दिनमा त्यो पनि स्थिती रहेन’ यादवले भने ‘तर वामसंग हामिले सत्ताका लागि भन्दा पनि उपलब्धीका लागि सहकार्य गर्न लागेका हौं ।’

यसअघि प्रदेश नम्बर २ मा सरकारको नेतृत्व गरेका फोरम नेपाल र राजपा नेपाललाई काँग्रेसले साथ नदिई विपक्षमा बस्ने निर्णय गरको थियो । जब कि फोरम नेपालको तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले सबभन्दा पहिले २ नम्बर प्रदेशका काँग्रेसका संसदीय दलका नेत रामसरोज यादवलाई सहयोगका विश्वास मतका लागि सहयोग गर्न पत्र नै दिएका थिए । तर, विहिवार विश्वासको मत लिने क्रममा काँग्रेसले सरकारको पक्षमा भने मतदान गरेन ।

फोरम नेतृत्वमा राजपा समेतको प्रदेश नम्बर २ सरकारलाई कांग्रेसले साथ नदिएपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘काँग्रेसलाई हामीले विभिन्न कालखण्डको दुखमा साथ दिएका थियौँ, तर आज हाम्रो विपक्षमा बस्यो । हामीबीच लामो सहकार्य हुँदै आएको थियो । तर त्यो दलले धोका दियो ।’ फोरम नेपालका अध्यक्ष यादव वामपन्थी निकट मानिएपनि उनले काँग्रेसलाई पटक–पटक साथ दिएका थिए । यादवले संशोधन बिना राजपा फोरम ओली सरकारमा सहभागी नहुने बताए । ‘हामिलाई सरकारमा जान कुनै हतार छैन तर संशोधन चाहिएको छ’ उनले भने एमाले माओवादीका साथीहरुले संशोधनको पक्षमा आश्वाशन दिदैछन् तर्सथ हामिलाई उहाँहरमाथि विश्वास भने बढेको छ ।

सम्बन्धको सहयात्रा
नयाँ सविधान निर्माणका बेला तिन दलको समुहबाट अलगिएका मधेशी दल बेलाबेलमा कहिले माओवादी त कहिले काग्रेसलाई साथ दिए । ठूला तिन दलले नयाँ संविधान जारी गरिरहदा हाल राजपामा आवद्ध दलहरु र फोरम नेपाल ती दलहरुको विरुद्धमा आन्दोलन गरिरहेको थिए । सविधान निर्माणपछि माओवादी केन्द्रको सहयोगमा एमालेले सरकार निर्माण गर्न लाग्दा राजपा र फोरम नेपाल काँग्रेसको साथमा उभिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा उम्मेदवारी दिँदा राजपा र फोरम नेपालको भरमा काँग्रेसका तत्कालिन सभापति सुशिल कोइरालाले उम्मेदवारी दिएका थिए । अन्ततः माओवादी केन्द्रको सहयोगमा ओली त्यतिबेला प्रधानमन्त्री भएका थिए । त्यसपछिको दिनमा राजपा र फोरमको दोस्ती काँग्रेससँग राम्रो रह्यो । त्यसपछि ओलीलाई छाडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न लाग्दा काँग्रेसको साथमा राजपा र फोरमले पनि साथ दिएको थियो । समर्थन दिएपनि राजपा र फोरम सरकारमा सहभागि भएनन् । पछि शेरबहादुर देउवा पनि प्रधानमन्त्री हुन लाग्दा सबभन्दा पहिले राजपा नेपाल र फोरम नेपालले नै सहयोग गर्ने घोषणा गरेका थिए ।

माओवादी केन्द्रको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्न लाग्दा एमालेका अध्यक्ष ओलीले पनि उम्मेदवारी दिन्छन् कि भन्ने चर्चा पनि थियो । त्यही भएर फोरम र राजपा नेपाल शुरुमै काँग्रेसलाई समर्थन गर्ने घोषणा गरेका थिए । त्यो बेला ओलीले राजपा र फोरमलाई मिलाउन निकै प्रयास गरेका थिए । तर, उनीहरु काँग्रेसलाई छाडेर जाने पक्षमा देखिएनन् । एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाउँदा त्यसमा फोरम नेपाललाई मिलाउने निकै प्रयास भएको थियो । फोरम नेपाल पनि मिल्न तयार भएको थियो ।

तर, अन्त्यमा काँग्रेसलाई छाड्न नसकिने भन्दै वाम गठबन्धनमा नगई फर्कियो । वाम गठबन्धन जस्तै लोकतान्त्रिक गठनबन्धन बनाउने प्रयास पनि भयो । कमल थापा नेतृत्वको राप्रपा, विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक, उपेन्द्र नेतृत्वको फोरम नेपाल र महन्थ ठाकुर संयोजक रहेको राजपा नेपाललाई मिलाएर लोकतान्त्रिक गठबन्धन बनाउने सहमति पनि भएको थियो । तर, प्रतिनिधि र प्रदेशसभा चुनावमा सीट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धन बन्न सकेको थिएन ।

त्यो सहकार्यलाई राष्ट्रियसभासम्म निरन्तरता दिइयो । राष्ट्रियसभा सदस्यको चुनावमा काँग्रेस, राजपा र फोरमबीच तालमेल भयो । जब कि वाम गठबन्धनले फोरम र राजपालाई काँग्रेसभन्दा बढी सीट दिइरहेको थियो । तर, ती दुवै दलले काँग्रेसलाई छाड्न चाहेनन् । वामगठबन्धनले सरकार बनाए पनि राजपा र फोरम नेपाल काँग्रेससँग मिलेर प्रतिपक्षमा बस्ने मनस्थिति बनाई सकेका थिए । काँग्रेसले आफ्नो नेतृत्वको मन्त्रीपरिषद्को बैठकबाट राष्ट्रियसभाका लागि तीनजनाको नाम सिफारिस गरेपछि राजपा र फोरम नेपाल काँग्रेससँग टाँढा भए ।

यी दुई दलका नेताले काँग्रेसले सहमति लागू नगरेको आरोप लगाए । त्यही बेलादेखि उनीहरुको काँग्रेससँग दुरी बढ्न थालेको थियो । काँग्रेससँग दुरी बढेसँगै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव एमालेको नजिक हुन थाले । यही अवस्थामा काँग्रेसले प्रदेशमा फोरम र राजपा नेपालको विरुद्धमा मतदान गरेपछि वर्षौको लामो दोस्तीमा दरार उत्पन्न भएको छ ।
शुक्रवार एमालेको स्थायी समितिको बैठकले पनि राजपा र फोरम नेपाललाई सरकारमा सहभागि गराउने निर्णय गरेको छ ।

वामपन्थी सरकारप्रति सकारात्मक हुँदै आएका राजपा र फोरम नेपालले सरकारको विषयमा आजै आ–आफ्नो पार्टीमा छलफल गरिरहेको छ । तर सरकारको नेतृत्व गरिरेको एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसंग फोरम अध्यक्ष यादवले पटक पटक संवाद गरेपनि राजपाका नेताहरुले भने औपचारिक रुपमा अहिलेसंग संवाद गरेकाका छैनन् । तर फोरम मार्फत नै राजपाले अनौपचारिक रुपमा संवादलाई निरन्तरता दिइरहेको नेताहरु बताउछन् ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्