Logo
५ जेष्ठ २०८१, शनिबार
(February 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को मुख्य न्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त

काठमाडौं : प्रदेश २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् । संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश सरकारले झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेको हो ।

अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन् । प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ ।

यसअघि राष्ट्रिय जनता पार्टीले झालाई राष्ट्रिय सभा सदस्य बनाउन लागिएको चर्चा चलेको थियो तर त्यहाँ उनलाई राष्ट्रिय सभा सदस्य नबाइएपछि उनी उपेन्द्र यादव तिर लागेको बताइएको छ ।

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्