Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर : ७ मा सात सदस्यीय सरकार गठन

धनगढी : प्रदेश ७ मा सात सदस्यीय सरकार गठन भएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

लगतै ६ मन्त्रीले सपथ लिएका छन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् । एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनेका छन् । बोहोरा, सोडारी र भट्ट एमाले सांसद हुन् भने चौधरी माओवादीबाट मन्त्री बनेकी हुन् ।

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्