Logo
३१ बैशाख २०८१, सोमबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीति होइन समृद्धिका लागि गुरुयोजना बनाउँछु : मुख्यमन्त्री शाही

सुर्खेत : प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि आवश्यक गुरुयोजना बनाएरै अगाडि बढ्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लगतै मुख्यमन्त्रीको पद सम्हालेका शाहीले अन्य प्रदेशभन्दा विकसित प्रदेशका रुपमा स्थापित गर्न आवश्यक रणनीति बनाएर लाग्ने बताए । मुख्यमन्त्रीसहित माओवादीको भागमा २ मन्त्रालय भाग परेका छन् भने चार मन्त्रालय एमालेको भाग परेका छन् । मन्त्रालयका लागि भागबण्डा नमिलेका कारण शुक्रबार नै मन्त्रीपरिषद् गठन हुन नसकेको नेताहरु बताउँदै आएका छन् ।

अन्य ६ वटा प्रदेशभन्दा थुप्रै चुनौती रहेको ६ नम्बर प्रदेशलाई समृद्धि र विकास गर्नका लागि सबैको साथ आवश्यक रहेको उनले बताए । प्रदेश समृद्ध बनाउन अथाह सम्भावनाहरु रहेको भन्दै मुख्यमन्त्री शाहीले आन्तरिक स्रोतहरुलाई परिचालनबाटै प्रदेश विकासको ढोका खुल्ने बताए । सबैभन्दा कान्छो प्रदेशका रुपमा ६ नम्बर प्रदेश रहेकाले विभिन्न चुनौतीको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

एमाले माओवादीले आन्तरिक व्यवस्थापनका तयारी पुरा नभएको भन्दै मन्त्रीहरुको टुङ्गो लगाएका छैनन् जसले गर्दा मन्त्रिपरिषद् विस्तार लम्बिएको छ ।

मन्त्रीहरुका लागि सपथ तथा पदभार आइतबारका लागि सारिएको छ । माओवादी केन्द्र र एमालेबीच भागबण्डामा प्रदेश सरकार सञ्चालन गरिने भएको छ ।

 

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्