Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी पाएकाहरुले नै खिल्ली उडाउदै

बर्दिया : लोकतान्त्रिक गणतन्त्र नेपालमा कानुन भन्दा माथी कोहि पनि छैन तर बर्दियामा भने कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीलेनै कानुनको खिल्ली उडाएको दृश्य सामान्य जस्तो भैसकेको छ । कानुनि राज्यमा कानुन सबैलाई लागू हुनु पर्ने हो तर बर्दियाको गुलरियामा भने प्रहरीहरु बिना हेल्मेट बर्दिमा दगुडिरहेका हुन्छन् ।

प्रहरीको बर्दिको खिल्ली उडाउँदै प्राय प्रहरीहरु बिना हेल्मेट बजारमा दगुडी रहेका हुन्छन तर उनिहरुलाई कारबाही कस्ले गर्नेरु प्रहरी आफै अनुशासित नभएर बर्दिमै कानुनको धज्जी उडाउँदा त्यहाँका जनता भने आक्रोशित भएका छन् ।

बर्दिया गुलरिया नगरपालिका वडा नंबर ८ बस्ने बिबेक कुमार परवाल भन्छन् – के प्रहरीलाई नियम, कानुन लाग्दैनर ? हामिले यहि गल्ती गरेको भए ट्राफिकले ५०० देखि १५०० सम्म जरीवाना गर्ने थियो तर प्रहरीहरु भने बिना हेल्मेट हिँड्छन्। कहिलेकाहिँ त बर्दिमै दादागिरिको शैलिमा तीन जना सम्म बसेर कुदेका हुन्छन् ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्