Logo
५ जेष्ठ २०८१, शनिबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ मन्त्री सहित राउतले लिए सपथ, मुख्यमन्त्रीलाई १०१ किलोको माला (तस्विरहरु)

जनकपुरधाम : २ मन्त्री सहित प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको सपथ लिएका छन् । संघीय समाजवादी फोरमका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउत बाराका जितेन्द्र सोनल र सिराहाका विजय यादव सहित बिहिबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

तिन जनाले तिन भाषामा सपथ लिएका छन् । राउतले भोजपुरी, सोनलले मैथली–हिन्दी तथा यादवले मैथली भाषामा सपथ लिएका हुन् । एक विषेश कार्यक्रमवीच जनकपुरमा आयोजित सपथग्रहण समारोहमा फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको उपस्थिती थियो ।

यसैबीच, पर्सा जिल्लाबाट प्रदेश सांसद निर्वाचित मुख्यमन्त्री राउतलाई लाई वीरगञ्ज महानगरपालिकाका वासिन्दाले १ सय १ किलोको माला लगाइदिएका छन् । पद तथा गोपनियतासंगै उनलाई नागरिक अभिनन्दन गरिएको हो ।

बिहीबार जनकपुरमा सपथ लिएपछि उनलाई वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले १ सय १ किलोको माला लगाइदिएको हो । पर्सा क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित राउत मुख्यमन्त्री भएको खुशियालीमा वीरगञ्जका वासिन्दाले उनलाई माला लगाइदिएका हुन् ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्