Logo
४ जेष्ठ २०८२, शनिबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी विदेशमन्त्री टिलर्सन टर्कीको राजधानीमा

अमेरिका : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुगेका छन् । बिहीबार बिहान टर्कीको राजधानी अंकारा अवतवरण गरेको बताइएको छ । टर्किस् अधिकारीहरुले बिहीबार विहान अंकारा आइपुगेको अधिकारीहरुले जनाएका छन् । हालैमात्र टर्की र सिरियाकाबीचमा बढ्दो असमझदारीकाबीच टिलर्सन बिहीबार अंकारा पुगेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री टिलर्सन गत जुलाईमा पनि भ्रमण गरेको थिए । यस पटकको भ्रमणकाक्रममा उनले टर्किस् राष्ट्रपति रिसेप तयप एर्दोगान र यहाँका विदेशमन्त्री मेभलट काभुसोग्लुसँग पनि भेटवार्ता गनेछन् । सिरियामा रहेका कुर्दिसहरुका विरुद्ध हालैका दिनहरुमा टर्कीको सेनाले जारी राखेको कारबाहीका कारण पछिल्लो समयमा समस्या उत्पन्न भइरहेको छ । यस बारेमा पनि भ्रमणका क्रममा उनले टर्किस् अधिकारीहरुसँग कुराकानी गर्ने समाचारमा जनाइएको छ ।

त्यसैगरी सिरियामा त्यहाँको सेनाले पछिल्ला केही महिनामा गरेको कारबाहीमा रासायनिक तथा घातक हतियार प्रयोग गरेको बारेमा उत्पन्न विवादका बारेमा पनि उनले कुराकानी गर्ने भएको समाचारमा जनाइएको छ । त्यसैगरी सिरियामा जारी रहेको करिब सात वर्षलामो हिंसाका कारण टर्की र सिरियामा उत्पन्न समस्या तथा द्विपक्षीय विवादका विषयमा विदेशमन्त्री टिलर्सनले भेटवार्ता गर्ने भएको समाचारमा जनाइएको छ ।

टर्किस् सेनाले सिरियामा गरेको कारबाहीको विषयलाई लिएर नेटो सेना र टर्कीबीच पनि पछिल्लो समयमा विवाद उत्पन्न भएको छ । यस विषयमा अमेरिकाले पहिलेदेखि नै चासो व्यक्त गर्दै आएको छ ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्