Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मन्त्रिपरिषद् गठन, यादव अर्थ, सोनल भौतिक

जनकपुरधाम : मुख्यमन्त्री मोहम्द लालबाबु राउतले प्रदेश २ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री राउतले आफ्नै पार्टी संघीय समाजवादी फोरम नेपाल र सहयोगी पार्टी राष्ट्रिय जनता पार्टी नेपालबाट एकएक सांसदलाई मन्त्री नियुक्त गरेका हुन् ।

जसअन्तरगत फोरमबाट विजय यादव आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । भने राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री बनेका छन् । यी दुवैजना नेता यसअघि मुख्यमन्त्रीका दावेदार थिए । यादव सिराहाका हुन् भने सोनल बाराबाट प्रत्यक्ष निर्वार्चित प्रदेश सांसद हुन् ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्