Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरले एक्लौटी निर्णय गर्न थालेको भन्दै राजपामा विवाद, यी हुन् मन्त्री बन्नेहरु

जनकपुर : अध्यक्ष मण्डलीय प्रणली रहेको राष्ट्रिय जनता पार्टीमा संयोजक महन्थ ठाकुरले एकलौटी त्वरबाट निर्णय गर्न थालेको भन्दै अन्य अध्यक्षहरुले त्यसको विरोध गरेका छन् । प्रदेश नम्बर २ को सरकार बन्दै गर्दा नेता जितेन्द्र सोलनलाई मन्त्री र प्रमेश्वर साहलाई राज्यमन्त्रीको सपथका लागि तयार रहन ठाकुरले निर्देशन दिएपछि राजपा अध्यक्षहरुबीच विवाद सुरु भएको हो ।

बिना सल्लाह ठाकुरले निर्णय गरेको भन्दै अन्य अध्यक्षहरुले विरोध गरेका हुन् । यसअघि संसदीय दलका नेता जो पनि उनी सरकारमा नजाने र अन्य नेतालाई सरकारमा पठाउने समझदारी अनुरुप सोनललाई संसदीय दलका नेता बनाइएको थियो । स्वयं सोनलकै प्रस्तावमा यो शर्तमा सम्झदारी गरिएपनि आजै उनै सोनलाई किन मन्त्रीमा सिफरिस गरिएको भन्दै राजपामा विाद बढेको हो ।

पद थोरै तर नेता धेरै भएको भन्दै राजपाले कुनै एक नेता एउटा मात्र पद भन्दै त्यस्तो सम्झदारी गरेका थिए तर ठाकुरले बिहिबार सोनललाई नै मन्त्री बन्न नाम सिफारिस गरेका हुन् । श्रोत भन्छन् ‘पार्टीमा यस्तो शर्त राखिएपछि पार्टीका बरिष्ठ उपाध्यक्ष नवलकिसोर साह, बरिष्ठ नेता रामनरेशराय यादव लगायतका नेताहरु संसदीय दलको नेता बन्न अस्वीकार गरेका थिए । ‘तर आज उही सोनलजी किन मन्त्री बन्न तछाड्म-छाड् गर्देछन् ? थोरैपनि उहाँलाई लाज लागेन ?’ राजपाका एक नेताले भने ‘यो सव ठाकुरजीको करामत हो, उहाँको ढोङ्ग हो ।’

जनकपुरमा नै रहेका ठाकुरले बिहिबार सोनल र साहको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् । तर त्यसबारे कुनै अध्यक्षबीच सरसल्लाह नभएको अन्य अध्यक्षहरुले बताएका हुन् । ‘उहाँले कुनैपनि निर्णय गर्दा एकपटक सल्लाह त गर्नुपरो ? की उहाँ पुरानै तमलोपा अध्यक्ष हुन ? यो त राजपा हो, उहाँलाई थाह हुनुपर्छ बिधिानमा यहाँ कुनै एक मात्र अध्यक्षको ब्यवस्था छैन ।’ एक अध्यक्षले भने उहाँलाई हामिले सिनियर-आदरणियका नाममा संयोजक मानेका हौं तर उहाँले कुनैपनि निर्णय बिधानतः हामिसंग सोधेरै गर्नुपर्छ, एकलौटी निर्णय गर्न पाउनु हुन्न’ ।

यी हून मन्त्री बन्नेहरु :
३ ओटा मन्त्रालय पाएका राजपाले राज्य समेत गरेर जम्मा ६ ओटा मन्त्री पठाउनेछन् । जसअनुसार ६ जनै अध्यक्षहरुले एक/एक ओटा कोटा छान्दै आआफना तर्फबाट मनत्रकिा लागि सिफरिस गर्ने तयारीमा छन् । जसअनुसार संसदीय दलको नेता सोनल बनिसकेपछि ठाकुरको कोटा सकिएको अन्य अध्यक्षहरुको तर्क छ र अध्यक्षहरुका अनुसार ठाकुरले सोनललाई नेता बनाएपछि राजेन्द्र महतोले सरोजराय यादवलाई सभामुख बनाएका थिए । तर एक/एक जना राज्यमन्त्री समेत आआफ्ना तर्फबाट पठाउने सम्झदारी थियो ।

त्यस्तै महेन्द्रराय यादवले रामनरेसराय यादवलाई, शरतसिंह भण्डारीले रैनलाई, अनिलकुमार झाले आफ्नी श्रीमति डिम्पल झालाई, राजकिसोर यादवले विक्की यादवलाई मन्त्रीका लागि सिफारिस गरेका थिए तर ठाकुरले मात्र सोनल र साहको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् । जवकी ठाकुरले संसदीय दलका नेता पाइसकेकाले उनले एक जना मात्र राज्यमन्त्री र महतोले पनि सभामुख पाइसकेकाले उनले पनि एक जना राज्यमन्त्रीमा सिफारिस गर्न पाउनुपर्ने हो तर राजपाभीत्र त्यस्तो हुन नसकेको श्रोतको दावी छ ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्