Logo
२६ जेष्ठ २०८२, आईतबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली चल्दा १७ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडा पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान भएको गोलीकाण्डमा गोली लागी अन्य कतीपय विद्यार्थीहरू घाइते भएको बताइएको छ।

गोली चलाउनेमा सोही स्कुलकै पूर्व विद्यार्थी रहेका छन् । उनले अन्धाधुन्ध गोली चलाएको र गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

१२ जनाको स्कुल भित्रै, दुई जनाको स्कुल बाहिर, एक जनाको स्कुल नजिकैको रोडमा र दुई जनाको हस्पिटलमा मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

अन्धाधुन्द गोली चलाउने १९ वर्षिय निकोलस क्रुजलाई नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । बन्दुकधारी, क्रुजलाई सोही स्कुलबाट अनुशासनहीनताका कारण, निकालिएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन्।

यो सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । गोली लागेर घाइते भएका थप १७ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्