Logo
८ जेष्ठ २०८२, बुधबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल- भारत सीमाबाट फरार आतंककारी खान गिरफ्तार

नयाँ दिल्ली : भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ । अधिकारीहरूले दिएको जानकारी अनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल – भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई एकाएक पक्राउ गरेको उनीहरूले बताएका छन् ।

“खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,” दिल्ली प्रहरीका उपप्रमुख पी एस कुशहवाले भने । खानलाई धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएको छ । प्रहरीले कारबाही गर्न लागेपछि उनी लुक्दै भाग्दै आएका थिए । (रासस÷सिन्ह्वा)

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्