Logo
५ जेष्ठ २०८१, शनिबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाले समानुपातिक सूची सच्यायो, शर्मा हटाएर ढकालको नाम 

काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ । सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो । आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्