Logo
२३ बैशाख २०८१, आईतबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेना प्रमुख जोमसोम जान पाएनन्

काठमाडौं : सेना दिवसमा अतिथिका रुपमा नेपाल आएका भारतीय सेना प्रमुख विपिन रावतको जोमसोम यात्रा मौसमका कारण रद्ध भएको छ । नेपाली सेनाको जोमसोमस्थित ‘हाइ अल्टिच्युड टेनिङ सेन्टर’ को निरीक्षणपछि रावतको मुक्तिनाथ दर्शनको कार्यक्रम थियो ।

खराब मौसमका कारण दुवै कार्यक्रम रद्ध भएको सेनाको स्रोतले बताएको छ । जनरल रावत पोखरास्थित भारतीय सेनाबाट सेवा निवृत्त गोर्खा सैनिकको संस्था गोर्खा वेलफेयर एसोसिएसनद्धारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका छन् । त्यसपछि उनी काठमाडौं फर्की नेपाली सेनाले सैनिक मन्चमा आयोजना गर्ने मुख्य कार्यक्रममा सहभागी हुनेछन् ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्