Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : मुख्यमन्त्री, सभामुख सहित संसदीयदलका नेतामा समेत बारा पर्साकै कब्जा

जनकपुर : सप्तरीदेखि पर्सासम्मका ८ जिल्लाको प्रदेश नम्बर २ मा मात्र २ जिल्लाले कब्जा जमाएको छ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको कब्जामा रहेको प्रदेश नम्बर २ का महत्वपुर्ण राजनीतिक कार्यकारी जिम्मेवारीहरु बारा र पर्सा जिल्लाका प्रतिनिधिले नै पाएका हुन् ।

राजपाको पछिल्लो निर्णयपछि यो यर्थात सार्वजनिक भएको हो । राजपा अध्यक्ष मण्डलले सोमवार जितेन्द्र सोनललाई संसदीय दलका नेता बनाउने निर्णय गरेका छन् । उनी बाराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद हुन् । त्यसैगरि राजपाकै भागमा परेको सभामुखमा भने उस्ले सरोजकुमार यादवलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । यादव करिब-करिब निर्विरोध सभामुख हुनेछन् । उनी पनि बाराबाटै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद हुन् ।

त्यसैगरी यसअघि नै फोरमले आफ्ना प्रदेशसभा सांसद मोहम्द लालबाबु राउतलाई संसदीय दलका नेता बनाइसकेको छ । यो निर्णयसंगै मुस्लिम समुदायले पहिलो मुखयमन्त्री पाउने भएका हुन् । यसको चौतर्फी स्वागत भइरहेको छ भने, केहिले विरोध समेत गरिरहेका छन् ।

त्यसो त फोरमले मुस्लिम कार्ड खेलेपछि राजपाले यादव कार्ड खेलेको चर्चा पनि प्रदेश नम्बर २ मा उतिकै भइरहेको छ तर राजपा-फोरमका नेताहरुलाई यसलाई जातीय नाम दिन नहुने तर्क गर्दैछन् । राजपा अध्यक्ष मण्डलले हिजो सोमवार संसदीय दलका नेता र सभामुखबारे निर्णय गरेका हुन् भने फोरमले यसअघि नै संसदीय दलका नेता चुनिसकेका छन् । राजपा र फोरमले मिलेर प्रदेश नम्बर २ मा संयूक्त सरकार बनाउने निर्णय गरिसकेको छ भने एक-आपसमा भागबण्डा समेत गरिसकेकाछन् ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्