Logo
५ जेष्ठ २०८१, शनिबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मार्यादापालकले सफारी सुट अनिवार्य लगाउनुपर्ने

जनकपुरधाम : प्रदेश २ मा प्रदेशसभाका मर्यादापालकको अब प्रदेशसभाले तय गरेको ड्रेसकोर्ड लगाउनुपर्ने भएको छ । प्रदेश सभाको राज्य ब्यवस्था समितिको बैठकले यसअघि नै नयाँ ड्रेसकोर्ड तय गरिसकेको हो तर सुरुको बैठकमा तत्कालै सिलाउन नसकिएको भनि जवाफ दिएका थिए । यद्यपी अबको बैठकमा अनिर्वाय रुपमा नयाँ ड्रेसकोर्ड लगाउनुपर्ने हुन्छ ।

प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन नपाउने निर्णय गर्दे मर्यादापालकहरु सफारी लगाउनु पर्ने निर्णय गरेको थियो तर मर्यादापालकहरुले तत्कालै सिलाउन वा खरिद गर्न नसकिएको भन्दै आफूखुसी ड्रेस लगाएर पुगेका थिए । पुरुष मर्यादापालक सर्टपाइन्ट-स्वेटर तथा ज्याकेट र महिला मर्यादापालक कुर्तासुरुवालमा पुगेका थिए । उनीहरुलाई चिनाउन ब्याच दिइएको थियो ।

संसदीय अभ्यासमा मर्यादापालकको एउटै ड्रेस हुनु राम्रो हुने भन्दै प्रदेश २ मा भएको अभ्यासको आलोचना पनि भएको थियो । सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकले यसअघि नै निर्धारण गरेको मर्यादापालकको ड्रेसकोर्ड अनिवार्य लगाउनु पर्ने निर्णय गरेको हो । बैठकले पुरुष मर्यादापालकले कफी कलरको सफारी सुट र महिलाले सारी लगाउने निर्णय गरेको छ ।

प्रदेशसभा सदस्य मनिष सुमनले भने, ‘गर्मीमा दौरा सुरुवाल लगाउन सकिन्न । पुरुष मर्यादापालकले कफी कलरको सफारी सुट र महिलाले सारी लगाउने निर्णय भएको छ ।’ उनले यो निर्णय आज हैन अस्ति नै भएको बताए ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्