Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेतृ चुन्नी खातुनबारे यस्तो छ पत्रकार वीरेन्द्र केएमको विचार

– वीरेन्द्र केएम

सुनसरी घर भई राजधानी काठमाण्डौ केन्द्रित लामो समयदेखि पत्रकारितामा सकिृय पत्रकार वीरेन्द्र केएमले राजपा नेतृ चुन्नी खातुनलाई पार्टीले संघीय संसदकालागि सिफारिस गर्नुपर्ने विचार ब्यक्त गरेका छन् । पत्रकार केएमले प्रदेश नम्बर १ को मधेशी जनताको अवाज भन्दै समाजिक संजाल मार्फत विचार ब्यक्त गरेका हुन् ।

राजपाले समानुपातिक सांसदका लागि बिभिन्न क्लस्टरहरुको सुचि सहित नामावली प्रस्तूत गर्ने लाग्दा पत्रकार केएमको यस्तो विचारलाई निकै अर्थपुर्ण तरिकाबाट हेरिएका छन् । प्रदेश नम्बर १ र सुनसरीबारे खुलेर बहस गर्ने गरेका पत्रकार केएमले ब्यक्त गरेको विचार जस्ताको त्यस्तै :

विचार १ 

अरु कुरा जे-जस्तो भएतापनि संधीय संसदमा मुस्लिमबाट प्रतिनिधित्व गर्न सक्ने #चुन्निखातुन योग्य महिला हुन् । हुन त महिलालाई नै राजपाले सिफारिस गर्नु पर्ने हो तर अन्य महिलाका तुलनामा चुन्नि निकै सक्षम पनि छिन् । त्यसो त “घरवाली-बहारवाली र अर्थवाली” हरुलाई सिफारिस गरेर आलोचित भइरहेका राजपाले समानुपातिक सुचिमा १ नम्बरमा रहेकी सुनसरीकी एक सक्षम महिलालाई सिफारिस गर्दा सायद राजपाको लागि ‘गँगा-स्नान’ नै हुने छ ।#प्रदेश_नम्बर_एकको_मधेशी_मूलका_नेपाली_जनताको_अवाज

विचार  २  : 

चुन्नी खातुनबारे बिभिन्नखालका टिकाटिप्पनी भइरहदा मलाई पनि केहि लेख्न मन लाग्यो :

चुन्नीलाई निकै सानो उमेरदेखि चिन्दछु र म आज पनि भन्छु जस्को नाम जोडेर उनको चर्चा हुदैछ त्यो महापुरुस एक होनाहार तर ब्यवहारिकतामा भट्केका यूवा हुन् । ऊ दण्डका भागेदार हो नै तर चुन्नीमाथी प्रश्न उठाउन पाइन्न, हो उ एक मुस्लिम भएर हिन्दुसँग प्रेम गरिन् तर के यो अपराध नै हो त ?

मेरो विचारमा अपराध त उहाँ महापुरुसले गरेका हुन् जो सजाईका भागेदार हुन, उहाँले पुरै समाज, घरपरिवार र पार्टीलाई समेत बेवकुफ बनाउनुभयो । तर चुन्निको चरित्रमाथी त्यतिबेला प्रशन उठाउन पाइन्थ्यो जतिबेला उनको अन्यहरुसंग पनि कुनै त्यस्तो कुरा हुन्थ्यो यद्यपी, यसैकुरालाई अधार मानी मुस्लिम क्लस्टरको सुचिमा १ नम्बरमा भएर पनि राजपाले चुन्निलाई सिफारिस नगर्नु अन्याय गर्नु हो ।

पार्टीले जेको लागि सिफारिस गरिने हो, त्यसमा अर्थात संघीय संसदका लागि चुन्नि एक योग्य मुस्लिम–मधेशी महिला हून । तर्सथ पनि राजपाले उनलाई सिफारिस गर्नेपर्छ । #प्रदेश_नम्बर_१_को_एक_जनताको_अवाज

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्