Logo
२३ बैशाख २०८१, आईतबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभामा समानुपानिक तर्फको सिट बाँडफाँड हुँदै

काठमाडौं : निर्वाचन आयोगले आज शुक्रबार प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गर्ने भएको छ ।आयोगले समानुपातिकको बन्दसूचिबाट कल्स्टरका आधारमा नाम छनौट गरेर पठाउन तीन दिनको समय दिन लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

बुधाबार राष्ट्रियसभाको चुनाव सकिएसँगै आयोगले समानुपातिकतर्फको एक सय १० सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाउन लागेको  प्रवक्ता ढकालले जानकारी दिए ।  प्रतिनिधिसभाको मत गणना मंसिरको अन्तिम हप्ता नै सकिए पनि संघीय संसदमा महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आयोगले अहिलेसम्म समानुपातिकको सिट निर्धारण गरेको थिएन ।

बुधबार सम्पन्न भएको राष्ट्रियसभा चुनावमा एमालेबाट ११ महिलासहित २७, कांग्रेसबाट ६ जना महिलासहित १३ जना, माओवादी केन्द्रबाट ३ महिलासहित १२ जना, संघीय समाजावादी फोरमबाट एक महिलासहित दुईजना र राजपाबाट दुईजना निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको समानुपातिकको एक सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम तथा राजपाले ६/६ सिट पाउनेछन् । दलहरुले संघीय संसदमा पाएको सिट संख्याका आधारमा कम्तिमा ३३ प्रतिशत महिला हुने गरी आयोगले दलहरुलाई पत्र पठाउन लागेको हो ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्