Logo
२३ बैशाख २०८१, आईतबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइसिसी विश्व क्रिकेट : सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित

काठमाडौं : आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन् । खेलमा नेपाल १ विकेटले विजयी भएको छ । आयोजक नामिबियालाई १३८ रनमा रोक्न सन्दीपले महत्वपूर्ण चार विकेट लिएका थिए ।

उनले ४ विकेट झार्दा नामिबियाले ३४.२ ओभरमै सबै विकेट गुमाएको थियो । ८.२ ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन फालेका थिए। १८ रन मात्रै खर्चिएका सन्दीप नेपाली टोलीमा सर्वाधिक विकेट टेकर बलर बने । बलिङमा उत्कृष्ट प्रदर्शनको मूल्यांकन गर्दै आयोजकले उनलाई म्यान अफ द म्याच घोषित गरेको हो ।

यसअघि सन्दीपले नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै इण्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली डेयर डेभिल्सले प्रशंसा गरेको थियो । अफिसियल ट्वीटरमा सन्दीपको तस्वीर राख्दै दिल्लीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरेको छ । सन्दिपलाई दिल्लीले ११औं सिजनको आइपीएलका लागि अक्सनमार्फत २० लाख भारुमा खरिद गरेको छ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्