Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि सूचना प्रविधि मेला, रोबोटले उदघाट्न

चितवन : कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ क्यान चितवनको आयोजनामा क्यान, चितवन शाखाले पत्रकार सम्मेलन गरी मेलालाई प्रविधिमैत्री बनाउन एवम् जनचेतना जगाउने उद्देश्यले बिहीवारदेखि भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४ सूचना प्रविधि मेला शुरू रोबोटबाट उदघाट्न भएको छ ।

चितवन एक्स्पो सेण्टरमा हुन लागेको मेलामा सूचना प्रविधिका ८० ओटा स्टल रहने आयोजकले बताएको छ । सूचना र प्रविधिको क्षेत्रमा चितवनलाई चिनाउन मेला सहयोगी हुने र अघिल्ला संस्करणभन्दा फरक रहने सङ्घका सचिव सन्तोषजनक भुसालले बताए ।

सूचना प्रविधिसँग सम्बन्धित मेलामा विभिन्न कलेजका विद्यार्थी, शैक्षिक परामर्शदाता, एवम् कलेजका विद्यार्थीले बनाएका रोबोटका प्रविधि प्रदर्शन गरिनेछ । साथैै, प्रविधिसम्बन्धी सेमिनार, स्मार्ट सीटीसम्बन्धी गोष्ठीसमेत गरिने बताइएको छ ।

५ दिनसम्म चल्ने उक्त मेलामा अन्तर विद्यालय एवम् कलेजस्तरीय क्विज कम्पिटिशनको आयोजनासमेत गरिएकोले प्रवेशका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीका लागि २५ रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्