Logo
५ जेष्ठ २०८१, शनिबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देहरादुनमा इण्डो–नेपाल व्यापार मेला : जडीवूटी उद्योगमा लगानी गर्न आग्रह

दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव–२०१८ भारतको उतराखण्ड राज्यको देहरादुनमा शुरु भएको छ । नेपाल सरकार वाणिज्य मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा आयोजित मेलाको उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको सभापतित्वमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका वाणिज्य राज्य मन्त्री नरबहादुर चन्द हुनुहुन्थ्यो । अघिल्लो वर्षदेखि आयोजना हुन थालेको यो मेला निकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबद्र्धन गर्ने, नेपालमा उत्पादित बस्तु/सेवाहरूको बजार प्रबद्र्धन, नेपालका पर्यटकीय सम्पदाहरूको प्रचार प्रसार, पर्यटकीय होटल, रिसोर्ट, टुर एण्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवद्र्धन गर्ने, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान प्रदान गर्ने, उद्यमी व्यवसायीहरूलाई बजार पह“ुचको अवसर प्रदान गर्ने र नेपाल भारत बीचको संस्कृति सम्बन्धलाई थप उजागर मुख्य उद्देश्य रहेको छ ।

महासंघको सदस्य कञ्चनपुर उद्योग वाणिज्य संघले निकासी जन्य एवं कृषि जन्य वस्तु भारत निकासीमा विस्तार गर्न गत वर्षदेखि देहरादूनमा मेला आयोजना गर्न लागेको हो । मेलामा ५६ वटा स्टलहरु मार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनी गरिएको छ । यस वर्षको मेलाको मुख्य आकर्षणमा नेपाली राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरू, पर्यटकिय क्षेत्रहरूको विस्तृत जानकारी, टुर एण्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य मुख्य पर्यटकिय सम्पदाहरूको प्रचार प्रसार, नेपाली कला संस्कृतिको प्रदर्शनी/नेपाली खाद्य परिकारहरू रहेका छन् । आफ्ना सदस्य उद्योग वाणिज्य संघहरू मार्फत नेपालस“ग सिमाना जोडिएका अन्य भारतीय प्रदेशहरूमा समेत यस्ता मेलाहरू आगामी दिनमा गर्दै जाने योजना महासंघको रहेको छ ।

मेला उद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि उत्तराखण्ड राज्यका मुख्य मन्त्री रावतले नेपाल भारत बीचको सांस्कृति, पारिवारिक, धार्मिक, आर्थिक सम्बन्ध संसारमै एक अनुपम रहेको बताउंदै समग्र नेपालको समृद्धिमा भारत सदैव सहयोगी रहने विश्वास दिलाउनु भयो । उहाले आफ्नो सरकारले नेपाल भारत बीचको यातायात व्यवस्थालाई सजह र सवल बनाउन निरन्तर कार्य गरीरहेको जानकारी गराउनु हु“दै उत्तराखण्ड र नेपाल बीचको धार्मिक सम्बन्ध निकै प्रगाढ रहेको समेत बताउनु भयो । अघिल्लो वर्षदेखि आयोजना हु“दै आएको यो मेलाले उत्तराखण्ड र नेपालको सिमा क्षेत्रका जिल्लाका उद्यमी व्यवसायी बीचको व्यवसायिक सम्बन्ध निकै मजवुद हुंदै गएको आफूले पाएको र आगामी दिनमा यसको निरन्तरताबाट आर्थिक, व्यापारिक सम्बन्ध र सहकार्यलाई उचाईमा पु¥याउन मेला कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

उत्तराखण्ड राज्य पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको चर्चा गर्दै मुख्य मन्त्री रावतले दुई देशबीचको पर्यटन अगाडी बढाउन उत्तराखण्ड सरकार सदैव तयार रहेको बताउनु भयो । विशेष अतिथि नेपाल सरकारका वाणिज्य राज्यमन्त्री चन्दले नेपाल भारत बीचको बढ्दो व्यापार घाटा कम गर्न नेपाली वस्तुहरूको भारत निर्यात बढाउनु पर्ने र यस्ता मेलाले सो कार्यका लागि सहयोग पु¥याउने विश्वास सरकारको रहेको बताउनु भयो । सरकारको यस प्रकारका प्रवद्र्धनात्मक कार्यक्रम मार्फत नेपाली उत्पादनहरूको निर्यात अभिवृद्धि गर्ने नीति रहेको समेत उहांले स्पष्ट पार्नुभयो । राज्यमन्त्री चन्दले अन्र्तराष्ट्रिय स्तरमा हुने यस्ता मेलाले व्यापारिक सम्बन्ध प्रगाढ हुनुका साथै नेपालमा उत्पादन भएका वस्तुले अन्र्तराष्ट्रिय बजार पाउने धारणा राख्नु् भयो ।

कार्यक्रमका सभापति एवं महासंघका अध्यक्ष भवानी राणाले दुई देश बीच आयोजना हुने यस्ता मेला महोत्सवले नेपाल भारत बीचको आर्थिक व्यापारिक, धार्मिक तथा जनस्तरको सम्बन्धलाई थप उचाईमा पु¥याउने धारणा राख्नु भयो । अध्यक्ष राणाले उत्तराखण्ड, नेपालीका लागि समेत पवित्रस्थल भएकाले नेपाल र उत्तराखण्ड बीच धार्मिक पर्यटन प्रवद्र्धनमा समेत निकै ठूलो सम्भावना रहेको बताउनु भयो । अध्यक्ष राणाले उत्तराखण्डमा अवस्थित देवस्थलहरू र नेपालस्थित हिन्दूहरूका आराध्यदेव भगवान पशुपतिनाथ, भगवान गौतम वुद्धको जन्मस्थल एवं शान्ति भूमी लुम्बिनी आपसी धार्मिक पर्यटन प्रवद्र्धनका महत्वपूर्ण आधार भएको बताउनु भयो । अध्यक्ष राणाले नेपाल र उत्तराखण्ड बीच संयुक्त रुपमा धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुहुंदै यस क्षेत्रलाई वौद्ध सर्किट र रामसीता सर्किटको रुपमा विकास गर्नुपर्ने सुझाव समेत राख्नु भयो ।

मेला महोत्सव केवल आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि मात्र नभई अन्तरदेशिय धार्मिक, सांस्कृतिक, भेषभुषा रहनसहन सहित आपसी अनुभव आदान प्रदानमा समेत महत्वपूर्ण हुने भन्दै महासंघले भारतीय सिमा क्षेत्रका अन्य शहरहरूमा पनि आगामी दिनमा यस्ता मेला महोत्सवको आयोजना गर्ने जानकारी गराउनु भयो । उत्तराखण्ड र नेपाल बीच कृषि क्षेत्रमा समेत सहकार्यको निकै ठूलो सम्भावना रहेको औल्याउनु हु“दै उहा“ले नेपालमा कृषि तथा जडीवूटीमा आधारित उद्योग संयुक्त लगानीमा स्थापना गर्न सकेमा दुवै देशका जनता लाभान्वित हुने हु“दा यसमा विशेष सहयोग गर्न उत्तराखण्ड सरकार समक्ष अनुरोध गर्नुभयो । नेपाल अव स्थिरता र समृद्धितर्फ अगाडी बढी रहेको, सरकार पनि विदेशी लगानी आकर्षणमा निकै गम्भीर रहेको र ऐन कानून पनि वैदेशिक लगानी मैत्री रहेकाले कृषि, जलविद्युत, पर्यटन, उर्जा, साहसिक पर्यटन लगायतका क्षेत्रमा संयुक्त लगानीका लागि उत्तराखण्डका उद्यमी व्यवसायीहरू समक्ष आग्रह गर्नुभयो ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू दिल सुन्दर श्रेष्ठ, हेमराज ढकाल, जयकुमार सिवकोटी, रविनकुमार श्रेष्ठ, शंकर वोगटी, नरबहादुर रावल, महासंघ सचिवालयका सहायक निर्देशक विदुरचन्द्र लामिछाने, नेपाल सरकारका अधिकारीहरू, दुवै देशका उद्यमी व्यवसायीहरू, उत्तराखण्डका विधायकहरूको उपस्थिति रहेको कार्यक्रममा कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले मेला उत्तराखण्ड र नेपालको सुदुरपश्चिम क्षेत्रको विकासका लागि महत्वपूर्ण प्रयास भएको भन्दै यसबाट आपसी सम्बन्ध नया“ उचाई तर्फ अगाडी बढीरहेको बताउनु भयो । उहांले मेलाको निरन्तरमा जोड दिंदै आगामी वर्ष मेला नेपालमा हुने बताउनु भयो । उत्तराखण्ड राज्यका विधायक कुमार इन्द्रजीत च्याम्पिएनले पनि बोल्नु भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर रावलले धन्यवाद मन्तव्य दिनु भएको थियो । कार्यक्रम यही माघ २५ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्