Logo
३१ बैशाख २०८१, सोमबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४४ अर्ब ५९ करोड नेपाल टेलिकमको वार्षिक आम्दानी 

काठमाडौं : सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ । कम्पनीले आव २०७३/०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो। आव २०७२/०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइएको छ । यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३/०७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३/०७४ मा रु १०२ दशमलव ४९ पुगेको छ ।

यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३/०७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर रु ५५ का दरले उपलब्ध गराउन सफल भएको छ। यसलाई कम्पनीको सफलताका रुपमा लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बताए । टेलिकमले आव २०७३/०७४ रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्