Logo
५ जेष्ठ २०८१, शनिबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तामाकोशी हाइड्रोपावरले २ करोड ६४ लाख किस्तामा २ अर्ब ६४ करोडको सेयर आउने

काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड रुपैयाँको २ करोड ६४ लाख किस्तामा सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयलाई १ अर्ब ५ करोड रुपैयाँ र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोड रुपैयाँको सेयर दिने भएको हो । कम्पनीले ४ सय ५६ मेगावाटको आयोजना बनाउदैछ । गत भदौंसम्ममा आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ ।

कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर यसअघि जारी गरिसकेको छ । यसअघि ऋणदाता कम्पनीको लागि सेयर जारी गरिएको थियो । हाल प्रतिमेगावाट १४ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत दर बढ्ने सम्भावना छ । हालको अन्तिम प्रक्षेपण अनुसार आयोजनाको लागत बढेर ६५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
हाल कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा संस्थानबाट कर्जा लिएको छ । बैंकबाट यी संस्थाले पाउने व्याजदरको आधारमा आयोजनाको लागि व्याजदर पनि परिर्वतन भइरहने गरेको । यी संस्थाबाट आयोजनाले लगभग २० अर्ब रकम ऋण लिएको थियो ।

४४ अर्ब ९८ करोड खर्च भइसकेको आयोजनामा ३९ अर्ब ऋणबाट लिइएको छ । भने आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा जोडिएसँगै सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँको दरमा अनुदान दिनेछ ।

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्