Logo
२ जेष्ठ २०८१, बुधबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढा पोखरी पर्यटकीय गन्तव्यमा विकास हुँदै

चितवन : भरतपुरको चौबीसकोठीबाट करीब ३ किलोमिटर पूर्वमा पर्ने भरतपुर महानगर–१२ धनगढा पोखरी घुम्न आउने पर्यटक गन्तव्यका रूपमा विकास भइरहेको र पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको धनगढा एकीकृत विकास समितिका अध्यक्ष लेखराज पन्त बताएका छन् ।

२०६१ सालबाट यसको प्रवर्द्धन एवम् संरक्षण गर्नका लागि समिति बनाएर काम शुरू गरिएको हो । झट्ट हेर्दा काठमाडौंको रानीपोखरीको झल्को दिने सो पोखरीमा अहिले आन्तरिक एवम् बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ र कलात्मक तरीकाले बनाइएको मूलद्वार र त्यहाँबाट पोखरीको बीचमा देखिने लक्ष्मी नारायणको मन्दिरले पोखरीको शोभा बढाएको छ । झण्डै १४ कट्ठा क्षेत्रफलमध्ये ६ कट्ठा क्षेत्रफल पोखरीले ढाकेको छ । पोखरीसँगै सानो चिडियाखानासमेत रहेको छ ।

पोखरीबाट बाहिर निस्किएपछि करीब ४ कट्ठा क्षेत्रफलमा धनेश्वर महादेवको मन्दिर, पुस्तकालय यसका थप आकर्षणका केन्द्रबिन्दु हुन् । यो मन्दिरको निर्माण समाजसेवी कुलबहादुर भण्डारीले करीब ९० लाख रुपैयाँ खर्चेर गरेका हुन् । हाल यसको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय दाता, सरकारी निकायको प्रमुख भूमिका रहेको छ ।

अघिल्ला वर्षमा निःशुल्क प्रवेशको व्यवस्था रहे पनि वैशाखबाट २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । वृद्धवृद्धालाई निःशुल्क प्रवेश व्यवस्था गरि यसलाई धार्मिक, ऐतिहासिकका साथै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न, पोखरीको छेउमा बुद्धको मूर्ति र रामसीताको मन्दिर निर्माण हुँदै वर्षमा करीब १० क्विण्टल माछा विक्री हुने गरेको छ यहाँ दैनिक करीब १ हजारसम्म पर्यटक आउने पोखरीका कर्मचारी टकजङ्ग गुरुङले बताएका छन् ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्