Logo
२७ बैशाख २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज स्वस्थानी व्रतसँगै माधवनारायण पर्वको समापन

काठमाडौँ : स्वस्थानी व्रत कथासँगै सुरु हुने माधवनारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । आज स्वस्थानी व्रतसँगै माधवनारायण पर्वको समापन गर्ने दिने हो ।  पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार समापन गर्न लागिएको हो । तर यसपटक चन्द्र ग्रहण परेकाले व्रत समापन चाँडै गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । सकेसम्म बिहान ९ बज्नु अघि नै व्रतको समापन गर्नु पर्ने समितिले जनाएको छ । ९ बज्न पाँच मिनेट हुँदादेखि ग्रहणको सुतक लागेको छ ।

मध्याह्नकालमै व्रत समापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत समापन गर्न सक्ने समितिले जनाएको छ । व्रत अवधीमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाट लगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरुमा गएर नुहाई पवित्र भएर माधवनारायणको उपासना गर्ने गर्दछन् । आज व्रतालुहरुले भक्तपुरको हनुमानघाटमा स्नान गरी पुजा गरेर व्रतको समापन गरेका छन् ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्