Logo
२३ बैशाख २०८१, आईतबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छवि र शिल्पाको यसरी हुदैछ रिलिजको समयमा बिहेको चर्चा

केहि चलचित्रकर्मीको कुरालाई विश्वास गर्ने हो भने छवि र शिल्पाले गतबर्षको दशैंमा नै काठमाण्डौको एक मन्दिरमा पुगेर सुटुक्क बिहे गरेका थिए । त्यसैले निर्माता छविराज ओझाले रेखासँग कागजी रुपमा डिभोर्स गर्नका लागि हतार गरेका थिए ।

तर, छवि र शिल्पाले अझै पनि बिहे भएको कुरालाई स्विकार गरेका छैनन् । त्यसैले जब छवि र शिल्पाको चलचित्र रिलिजको समय नजिक हुन्छ, बिहेको कुरा निस्कन्छ । निर्माता ओझा, निर्देशक नवल नेपाल र नायिका शिल्पा पोखरेल अहिले काठमाण्डौ बाहिर फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र मंगलमको प्रचारका लागि पुगेका छन् ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा छविले व्यक्तिगत प्रश्नको जवाफ दिदै शिल्पासँग चलचित्र रिलिज भएपछि बिहे गर्ने बताए । हामीले बिहे गर्छौ भनेका नै छौ । यसैले, यसपटक चलचित्र प्रचारका लागि बिहेको कुरा म उठाउनै चाहन्नँ ।

नेपालगञ्ज र सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरेका छविले ‘मंगलम रिलिजपछि बिहेको कुरा हुने बताए । तर जब छविराज ओझा र शिल्पा पोखरेलको चलचित्र रिलिजको समय आउँछ, बिहेको कुरा त निस्किहाल्छ ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्