Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउराली–जनता फर्मास्यूटिकल्सले २७ औं वार्षिकोत्सव

काठमाडौं : २०४७ साल देखि औषधि उत्पादन गर्न थालेको नेपालका अग्रणी औषधि उद्योग मध्येको एक देउराली–जनता फर्मास्यूटिकल्स प्रालि स्थापनाको २७ वर्ष पूरा गरेर २८ वर्षमा प्रवेश गरी यस उद्योगले मङ्गलवार बिशेष कार्यक्रमको आयोजना गरेको छ ।

धापासीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्मालगायतको उपस्थिति रहेको छन् ।

देशको औषधि उत्पादनको मुख्य हिस्सा ओगट्दै आएको देउराली जनताले झोल, ट्यावलेट, क्याप्सुल, ड्राईपाउडर, मल्हमलगायतका ३ सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ । यस औषधि उद्योगबाट मुटु, नशा, मधुमेह, चर्म रोगलगायतका औषधिको उत्पादन हुंदै आएकोले झण्डै १ अर्व २५ करोडभन्दा बढीको लगानीमा सञ्चालित यस उद्योगले ४ सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्