Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेस नेताले जब सर्वसाधारणको जुत्ता पालिस सडकमा बसेर गरे

काठमाडौँ : कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता सडकमा बसेर नेता धनराज गुरुङ, चन्द्र भण्डारी लगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गरेका छन्।

मंगलबार बिहान ९ देखि ११ बजेसम्म उनीहरूले बानेश्वर चोकमा जुत्ता पालिस गरेका बसेका हुन । शहीद दिवसको अवसरमा मुलुकको राजनीति फेर्नुपर्छ भन्ने सन्देश दिन आफूहरूले जुत्ता पालिस गर्ने कार्यक्रम आयोजना गरेको नेता धनराज गुरुङले बताएका छन् ।

गुरुङले भने, कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले उक्त कार्यक्रम आयोजना गरेको थियो। ‘हाम्रा शहीदले जुन बलिदान देशको लागि दिएका थिए अहिलेको राजनीतिमा त्यस्तो बलिदानी भावना छैन। त्यसैले मुलुकको राजनीतिमा सुधार आवश्यक छ भनेर हामीले व्यङ्ग्यात्मक रूपमा जुत्ता पालिस गर्ने कार्यक्रम राखेका हौँ ।

‘गुरुङले भने, देशमा जुन भ्रष्टाचार व्याप्त छ, राजनीति भ्रष्ट छ यी सबैलाई हटाएर राजनीतिक शुद्धीकरण आवश्यक छ। हामीलाई किसुनजीले नैतिकताको राजनीति गर्न सिकाउनुभएको थियो त नैतिकताको राजनीतिका निम्ति आजैबाट हामी लाग्नुपर्छ भनेर सांकेतिक कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्