Logo
२२ बैशाख २०८१, शनिबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनीको भन्सार महशुल तत्काल वृद्धि गर्न माग

काठमाडौं : व्यवसायीहरुले आयातित चिनीको भन्सार महशुल तत्काल ३० प्रतिशत वृद्धि गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिनी उद्योग संघ र नेपाल उखु उत्पादक संघले आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्न पनि सरकारले भारतबाट आयातित चिनीको भन्सार महशुल ३० प्रतिशत वृद्धि गर्नैपर्ने माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले आयातित चिनीमा भन्सार महशुल वृद्धि गर्दा उपभोक्ता मूल्यमा कुनै असर नपर्ने दावी समेत गरे । सरकारले स्वदेशी चिनी उद्योगमा गम्भिर असर पर्नेगरी भारतबाट आयात हुँदा समेत कुनै चासो नदिएको व्यवसायीहरुको गुनासो छ ।चिनी व्यवसायीहरुले राष्ट्रिय प्राथमिकता प्राप्त चिनी उद्योगलाई सरकारले विशेष संरक्षण दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले भारतले चिनी उद्योगको संरक्षणका लागि आयात महशुल ७५ प्रतिशत पु¥याएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट पाठ सिकेर स्वदेशी चिनी उद्योगको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा हाल वार्षिक २० लाख मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । व्यवसायीहरुलेभोयस वर्ष करिव १ लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने प्रक्षेपण गरेका छन । संघका अध्यक्ष अग्रवालले माग अनुसारको चिनी आपूर्ति गर्न नेपालका व्यवसायीहरु सफल रहेको दावी समेत गरे ।नेपालमा हाल वार्षिक २ लाख २५ मेट्रिक टन चिनी माग हुँदै आएको नेपाल चिनी उद्योग संघका तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्