Logo
५ जेष्ठ २०८१, शनिबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ राष्ट्र सम्मलित भई अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुँदै

प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरु हुने भएकोले आयोजक अखिल नेपाल खेलकुद महासंघ ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आइतबारदेखि सातदोबाटोमा ६ राष्ट्र सम्मलित प्रतियोगिताको बारे जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगितामा तीन दिनसम्म संचालन हुने भएकोले प्रतियोगितामा नेपालसहित भारत, भुटान,बंगलादेश,पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको हो ।

प्रतियोगितमा ७० स्वर्ण, ७० रजत र १४० कास्य पदकको लागि प्रतिस्पर्धा हुने छ। कुमुते फाइटतर्फ ५८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदा कातातर्फ १२ स्वर्णको लागि खेल हुनेछ । नेपालसहित कुल ५०० खेलाडीले प्रतियोगितमा सहभागिता जनाउने आयोजकले जनाएको हो ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्