Logo
१७ बैशाख २०८१, सोमबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता खाँणले भने, अब बन्ने सरकारमा काँग्रेस प्रतिपक्षमा बस्छ

चितवन : नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने र नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताए ।
खाँणले भने कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन । पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौंं ।” काँग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको बताए

नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच तालमेल गरेर निर्वाचनमा गएकोले उनीहरुकै बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय छलफल गरि अबको निर्वाचनसम्ममा काँग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै काँग्रेस गृहकार्यमा लाग्ने बताए । पार्टीभित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने उनले बताए ।

अर्को एक प्रश्नमा उनले नेतृत्व परिवर्तनले पार्टीमा किचलो बढ्न सक्ने भन्दै पार्टीको ढाँचा परिवर्तन गरी प्रादेशिक संगठन बनाउनु पर्ने र सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने कुरा उनले बताए ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्