अस्पतालमा भिषण आगलागी, ३१ जना मारिए
दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३१ जना मारिएका छन् । स्थानीय मिडियाका अनुसार उक्त घटना दक्षिण–पूर्वी क्षेत्र मिरर्याङमा रहेको सेजोङ अस्पतालमा भएको हो। मिरर्याङ राजधानी सोलबाट करिब २ सय ७० किमी टाढा पर्छ । आगलागी अस्पतालको आकस्मिक कक्षबाट सुरु भएको ठानिएको छ ।
उक्त अस्पतालको भवनमा दुइ सय भन्दा बढी विरामी रहेको र नजिकको नर्सिङ होमबाट करिब ९३ बिरामी उपचारका लागि त्यहाँ ल्याइएको बताइएको छ । उक्त आगलागीमा ४० जना घाइते भएको र ११ जनाको अवस्था गम्भिर रहेको अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।