Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा उम्मेदवार : फोरमबाट पासवान/यादव, राजपाबाट लाल/यादव र काग्रेसबाट देव/यादव

काठमाडौं : नेपाली कांग्रेस समेत संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनले प्रदेश २ का लागि राष्टिय सभा उम्मेदवारहरु तय गरेको छ । फोरमले सुनसरीकी प्रमिला यादवलाई महिला तर्फ उम्मेदवार बनाएको हो । यादव प्रध्यापन पेसामा आवद्ध रहेकी छन् भने उनी फोरम अध्यक्ष उपेन्द्र यादवका नातेदार समेत हुन् । त्यस्तै अर्को उम्मेदवारका रुपमा फोरमले रामपृत पासवानलाई अघि सारेको छ ।

यसैगरी प्रदेश २ मा राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभा सदस्यका दुई उम्मेदवार तय गरेको छ । उसले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र उपाध्यक्ष रमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लाल प्रदेश २ को अल्पसंख्यक र यादव खुलातर्फ उम्मेदवार हुनेछन् ।

महासचिव मनिष सुमनका अनुसार राजपाले अन्य प्रदेशमा उम्मेदवारी दिने छैन र कांग्रेसलाई समर्थन गर्नेछ । स्थानीय तहमा प्रदेश २ बाहेक अन्यत्र उसको भोट छैन भने प्रदेशसभामा ७ मा २ र ५ मा एक सिट जितेको छ । कांग्रेस र मधेसी गठबन्धनको भागवण्डामा प्रदेश २ मा तीन दलले २/२ सिट लिने सहमति भएको थियो ।

त्यसैगरी नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा खुलाबाट जीतेन्द्र नारायण देव र महिलाबाट मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाएको छ । फोरमबाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको हो ।

यो पनि पढनुहोस् : 

दिपेन्द्र झाको नाम काट्दै राजपाले राती १ बजे टुंगो लगायो उम्मेदवारका नाम

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्