Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिपेन्द्र झाको नाम काट्दै राजपाले राती १ बजे टुंगो लगायो उम्मेदवारका नाम

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभा सदस्यका दुई उम्मेदवार तय गरेको छ । उसले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र उपाध्यक्ष रमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लाल प्रदेश २ को अल्पसंख्यक र यादव खुलातर्फ उम्मेदवार हुनेछन् ।

महासचिव मनिष सुमनका अनुसार राजपाले अन्य प्रदेशमा उम्मेदवारी दिने छैन र कांग्रेसलाई समर्थन गर्नेछ । स्थानीय तहमा प्रदेश २ बाहेक अन्यत्र उसको भोट छैन भने प्रदेशसभामा ७ मा २ र ५ मा एक सिट जितेको छ । कांग्रेस र मधेसी गठबन्धनको भागवण्डामा प्रदेश २ मा तीन दलले २/२ सिट लिने सहमति भएको थियो ।

यसैगरी प्रदेश २ मा संघीय समाजवादी फोरमले दलितमा रामपृत पासवानलाई र महिलामा प्रमिला यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राती १ बजे टुंगो लगायो उम्मेदवारका नाम

नेपाली कांग्रेस समेत संघीय समाजवादी फोरमसँग २/२ सिटमा तालमेल गरेका राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना २ उम्मेदवारको नाम टुङ्गो लगाएका छन् । मंगलबार अबेर राति १ बजे राजपा अध्यक्ष मण्डलको बैठकले २ उम्मेदवारका नाम टुङ्गो लगाएका हुन् । महिला र खुल्ला क्लस्टर रोजेका राजपा अध्यक्ष मण्डलमा दीपेन्द्र झा र बिभा ठाकुरको नामबारे लामो समय बहस चलेको थियो ।

“खाली लालाजी र बाहुनकै नाम तपाईंहरुलाई फुरिन्छ !” भन्दै अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आक्रोशित मुद्रामा बैठकमा प्रस्तूत भएका थिए । श्रोतले भने “महेन्द्र यादव आक्रोसित बनेपछी अर्का अध्यक्ष मण्डल सदस्य राजकिसोर यादवले पनि हो मा हो मिलाउदै बाराका रमेश यादवको नाम प्रस्तूत गरेका थिए ।”

यसरी बैठकमा बहस चलिरहदा यो रमेश यादवको हो ? भन्दै शरतसिंहले प्रश्न गरेका थिए । श्रोत भन्छन् यत्ति कुरा चलिरहदा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्य राजेन्द्र महतो र अनिलकुमार झा चुपचाप थिए ।
यतिकैमा लगभग राति १ बजे ठाकुरले नेपाली काङ्ग्रेसका एक नेतालाई फोन गरि राजपाले अल्पसंख्यक र खुल्ला कलस्टर लिने भन्दै बाराबाट यादव र धनुषाबबाट बृषेशचन्द लालको नाम तय गरेका थिए ।

यसबीच महतोको मुख तिर हेर्दै ठाकुरले दुईवटै नाम तय गरिरहदा भण्डारी र झा भने एक अर्काको मुखतिर हेरी मुसुमुसु हास्दै थिए । स्रोतले भन्यो बैठकमा उम्मेदवारहरुको नाम भन्दापनी राजपा भित्रको खेमा-खेमामा बहस चलेको थियो । “मिडियामा त निकै खेमावाजीका कुराहरु आइरहेका छन् ! खोइ आफू कुन खेमाको हो थाह छैन” भन्दै भण्डारीले चुस्की लिएका थिए ।

बैठकमा लामो समय दिपेन्द्र झा, बिभा ठाकुर र बृषेशचन्द्र लालको नाममा बहस चलेको थियो भने यादवको नाम कुनै चर्चामा थिएन । श्रोतले भन्यो “पुर्व त्यारी अनुसार ठाकुर र दुवैजना यादव अध्यक्षहरुको मिलेमतोमा रमेश यादवको नाम प्रस्तूत भयो र त्यहीँ नाम फाइनल पनि भयभयो ।”

प्रकाशित मिति: Jan 24, 2018

प्रतिक्रिया दिनुहोस्