Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेसँग ६ सिट मागेका राजपा-फोरमले गरे कांग्रेससंग २/२ सिटमा सहमती

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि तालमेल गर्दै नेपाली कांग्रेस सहित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच २/२ सिट लिने गरि सहमती भएको छ ।  प्रदेश नम्बर २ का लागि निवटै दलले २/२ सिटमा आआफना उम्मेदवार उठाउने सहमती गरेका हुन् । जम्मा ८ ओटा सिट रहको उक्त प्रदेशमा बाँकि २ सिट वाम गठबन्धनको हुने भएको छ ।

कांग्रेसको तर्फबाट डा.मिनेन्द्र रिजाल, बिमलेन्द्र निधि राजपा कार्यालय पुगेका थिए । भने फोरम अध्यक्ष उपेन्द्र यादव समेत राजपाका शिर्ष नेताहरुबीच मंगलवार साँझ सहमती भएको हो । यसअघि राजपा र संघीय समाजवादी फोरम नेपालले ५/६ सिटको खाका सहित तालमेलका लागि मंगलवार दिनभर प्रयासरत रहेको थियो ।

राजपा–फोरमले वाम गठबन्धन वा नेपाली कांग्रेस जुनै दलसंग जुनै दलसंग गठबन्धन गरेपनि ६ सिट पाउनुपर्ने अडान सहित दुवै दलसंग छटाछुटै वार्ता गरका थिए ।
मंगलवार एमाले संसदीय दलको कार्यालयमा एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरुबीच २/२ पटक छलफल भएको थियो । मंगलवार दोस्रोपटक सिंहदरवारमा दोहराएर बसेको वाम र मधेसी गठबन्धनमा आवद्ध राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको बैठक बिना निशकर्ष टुंगिएको थियो ।

बैठकमा राजपाले राज्य पुनर्संरचनाको मुद्दा उठाएपछि सहमति प्रयास भाँडिएको हो । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयासमा एमाले र माओवादी तथा फोरम र राजपा शीर्ष नेताहरुबीच मंगलबार दुई पटक छलफल भएको थियो ।

प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थियो भने वाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि वाम गठबन्धनले तालेमल गर्न मानेनन ।

‘एक सिटका लागि राज्य पुनर्संरचनाको मुद्दामा सहमति गर्न सकिँदैन’ एमालका एक नेताले भने । उनका अनुसार भोलि बन्ने प्रदेश र केन्द्र सरकारमा पनि सहकार्य हुने सम्भावना रहँदा वाम गठबन्धन संविधान संशोधन गर्ने बचन दिन सकारात्मक थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचना आयोग गठन गरेर सीमांकन हेरफेर गर्नु र्ने बताएको छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्ने प्रतिवद्धता खोजिएको राजपाका नेता वृशेषचन्द्र लालले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बधुबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धन दुवैसँग सहमतिको प्रयास गरेको थियो । तर, दुवैतिर सहमति हुन सकेको छैन । यदि नयाँ सहमति नहुने हो भने प्रदेश २ का ८ मध्ये ४ सिट मधेसी गठबन्धन, २/२ सिट कांग्रेस र वाम गठबन्धनले जित्नेछन् । यदि मधेसी र वाम गठबन्धन मिल्ने हो भने ८ सिट मा कांग्रेस शून्य हुन्छ तर, कांग्रेस र मधेसी मिल्दा पनि वामले भने ३ सिट सुरक्षित गर्नसक्छ ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्