Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवार स्यंव नै वार्ता गर्न पुगेपछि वाम र मधेसी गठबन्धनबीच तालमेल भएन

काठमाडौं । उम्मेदवार स्यंव नै वार्ता गर्न अग्रसर भएपछि राष्ट्रियसभाको निर्वाचनका लागि वाम र मधेसी गठबन्धनबीचको तालमेल प्रयास असफल भएको छ । राजपाको तर्फबाट राष्ट्रियसभा उम्मेदवार रहेका वृशेषचन्द्र लालले आफ्ना स्वार्थ केन्द्रित कुरा गरेपछि वार्ता भाडिएको बताइएको छ ।

श्रोतले भन्यो “लाल स्वंय नेपाली काग्रेसका नेता बिमलेन्द्र निधिबाट परिचालित छन् अनि उही वार्ता गरेपछि के को कुरा मिल्नु ?” श्रोतका अनुसार नेपाली काग्रेसबाट प्रदेश नम्बर २ मा निधि स्वंय उम्मेदवार बन्ने प्रयासमा छन् भने निधिले राजपाले काग्रेससंगै गठबन्धन गर्नुपर्ने अध्यक्ष मंडल संयोजक महन्थ ठाकुरलाई नेता लाल मार्फत दवाब दिदै आएका छन् ।

निधिकै ग्राइण्डडिजाइनमा भारतीय दुतावास मार्फत समेत राजपामा दवाव दिलाइरहेको बुझिएको छ । कांग्रेस सभापति देउवाले नेता बिजय गच्छदार र निधिलाई प्रदेश नम्बर १ र २ मा गठबन्धनबारे सबै जिम्मेवारी दिएको छ । राजपाले अहिलेसम्म पनि उम्मेदवार तय गर्न सकेको छैन भने उता फोरमले भने बढी भन्दा बढी सिट आउने शर्तमा जुनै दलसंग समेत गठबन्धन गर्ने आफ्नो धारणा तय गरेको छ । तर राजपामा भने स्वंय उम्मेदवार रहेका लाल लगायतले नेपाली कांग्रेससंगै गठबन्धन हुनुपर्ने योजनामा ब्यस्त रहेको श्रोतको दावी छ ।

यता, मंगलवार सिंहदरवारमा दोहराएर बसेको वाम र मधेसी गठबन्धनमा आवद्ध राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको बैठक बिना निशकर्ष टुंगिएको छ । बैठकमा राजपाले राज्य पुनर्संरचनाको मुद्दा उठाएपछि सहमति प्रयास भाँडिएको हो । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयासमा एमाले र माओवादी तथा फोरम र राजपा शीर्ष नेताहरुबीच मंगलबार दुई पटक छलफल भएको थियो ।

प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थियो भने वाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि वाम गठबन्धनले तालेमल चाहेन ।

‘एक सिटका लागि राज्य पुनर्संरचनाको मुद्दामा सहमति गर्न सकिँदैन’ एमालका एक नेताले भने । उनका अनुसार भोलि बन्ने प्रदेश र केन्द्र सरकारमा पनि सहकार्य हुने सम्भावना रहँदा वाम गठबन्धन संविधान संशोधन गर्ने बचन दिन सकारात्मक थियो ।

तर, मधेसी दलहरुले राज्य पुनर्संरचना आयोग गठन गरेर सीमांकन हेरफेर गर्नु र्ने बताएको छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्ने प्रतिवद्धता खोजिएको राजपाका नेता वृशेषचन्द्र लालले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बधुबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धन दुवैसँग सहमतिको प्रयास गरेको थियो । तर, दुवैतिर सहमति हुन सकेको छैन ।

यदि नयाँ सहमति नहुने हो भने प्रदेश २ का ८ मध्ये ४ सिट मधेसी गठबन्धन, २/२ सिट कांग्रेस र वाम गठबन्धनले जित्नेछन् । यदि मधेसी र वाम गठबन्धन मिल्ने हो भने ८ सिट मा कांग्रेस शून्य हुन्छ तर, कांग्रेस र मधेसी मिल्दा पनि वामले भने ३ सिट सुरक्षित गर्नसक्छ ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्