Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमबाट विजय यादव र राजपाबाट नवलकिशोर साहको नेतृत्वमा ‘मध्यमधेश’ सरकार

गठबन्धन अनुसार हाल रहेको ७ ओटा मन्त्रालय अन्तरगत मुख्यमन्त्री समेत ३ ओटा मन्त्रालय फोरमले र उपमुख्यमन्त्री समेत ४ ओटा मन्त्रालय राजपाले लिने समझदारी रहेको छ । त्यस्तै सभामुख राजपाको र उपसभामुख फोरमको हुनेछ । राजपा फोरम श्रोतका अनुसार दोस्रो चरणमा मन्त्रालयको संख्या ७ बाट १० पुगाउने योजना रहेको छ । तर कांग्रेस एमाले मध्ये कुनै एकसंग गठबन्धन भए फोरम राजपाको आपसी सम्झदारमिा कुनै एउटा मन्त्रालय उस्लाई दिइने छ ।

फोरमबाट मुख्यमन्त्री तथा मन्त्रीहरुका दावेदार
प्रदेश नम्बर २ को पहिलो मुख्यमन्त्रीका लागि फोरमबाट २ जना मुख्य उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । फोरममा उपाध्यक्ष रहेका लालबाबु राउत र कोषाध्यक्ष विजय यादवले आआफना दावेदारी प्रसतूत गरेका हुन् । यस्का लागि प्रदेश सभा बोर्डमा संंसदिय दलका नेताका रुपमा उम्मेदवारी दिने दुवै जनाको दावी रहेको छ । तर पार्टी अध्यक्ष यादवको यसम्यान मानिएका विजय यादव नै संसदलिय दलका नेता बनाउने बुझिएको छ । समुदायको हिसावले मधेशमा सबैभन्दा बढी भोट बैंकको संख्या मानिएका यादवलाई नै मुख्यमन्त्री बनाउनुपर्ने सोचमा पार्टी अध्यक्ष यादव रहेको बताइएको छ । श्रोतले भन्यो विजय यादव संसदिय नेता भए भने राउत भने उप नेता हुनेछन् । उनी मुस्लिम समुदायका भएकाले प्रदेशमा मुस्लिम भोट बैंकमा आफनो सेयर लिन सजिलो हुने फोरमको योजना रहेको छ ।

उपनेता राउत सरकारमा भने महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाउनेछन् । श्रोतका अनुसार यादव मुख्य मन्त्रि भए राउत अर्थ मन्त्री हुनेछन् । त्यसैगरि योगेन्द्रराय यादव, शैलेन्द्र साह समेत मन्त्री बन्ने दौडमा रहेका छन् । शाह पार्टी अध्यक्ष यदवकै क्षेत्रका प्रदेशिक सांसद हुन् भने योगेन्द्र राय यादव बिगतमा उनका पिए बसेका थिए । लामोसमय अध्यक्षको पिए भएर मन्त्रालय चलाएको अनुभव योगेन्द्ररायमा रहेको छ श्रोतले भने उनी रौतहटबाट समेत भएका कारण पनि उनको सरकारमा सहभागिता निश्चित नै छ । समानुपातिक तथा राष्टिय सभामा समेतमा रौतहटबाट कोही परेका छैनन् भने रौतहटबाट निर्वाजित यादव एक्कल जनप्रतिनिधि हुन् । मुख्यमन्त्री समेत मात्र २ ओटा मन्त्रालय पाउने फोरमले साह र यादव दुवैलाई सरकारमा सहभागी गराउने बताइएको छ ।

राजपा भित्रको आन्तरिक संख्यात्मक अंकगणित
राजपा बन्नु पुर्व ६ ओटा दलका अध्यक्षहरुरहेका पार्टीका शिर्ष नेताहरुले आन्तरिक भागबण्डाका अधारमा सरकारमा मन्त्री पठाउने आपसी गृहकार्य थालेका छन् । राजपामा राजेन्द्र महतोको खेमा बलियो मानिएको छ । जम्मा २५ ओटा प्रदेश सांसद रहेका राजमा सदभावना पृष्ठभूमिका अर्थात महतो निकट ११, तमलोपा पृष्ठभूमिका अर्थात महन्थ ठाकुर निकट ६, रामसपा पृष्ठभूमिका अर्थात शरतसिंह भण्डारी निकट २, तमसपा पृष्ठभूमिका अर्थात महेन्द्रराय यादव निकट २, नेसपा पृष्ठभूमिका अर्थात अनिल झा निकटका २, गणतान्त्रिक फोरम पृष्ठभूमिका अर्थात राजकिसोर यादव निकट १ र सहिद परिवारका तर्फबाट १ जना गरि जम्मा २५ प्रदेशिक सांसद रहेका छन् ।

आन्तरिक भागबण्डामा राजपाबाट नेतृत्व
बरिष्ट उपाध्यक्ष नवलकिसोर साहको नेतृत्वमा राजपा प्रदेश सरकारमा सहभागी हुने बुझिएको छ । उपमुख्यमन्त्री समेत ४ ओटा मन्त्रालय पाउने राजपामा संसदिय दलका नेताका लागि मुख्यत ३ जनाको प्रमुख दावेदारी रहेको छ । साह समेत जितेन्द्र सोनल र मनिषकुमार सुमनले आआफना दावेदारी प्रस्तूत गरिरहेका छन् । तर बरिष्ठताका अधारमा साहकै नेतृत्व हुने संभावना देखन्छ । सोनल र सुमन महासचिव हुन । तर साह र सुमन महतो निकट हुन भने सोनल ठाकुर निकट हुन् । सुमन पनि महतोकै यसम्यान मानिएपनि साह भने निकै लामो समयदेखि महतोका निकै नै निकटतम रहदै आएका छन् ।

जातिय प्रभावमा समेत साहको जनसंख्यात्मक अवस्था बलियो हुने भएकोले साह नै उपमुख्यमन्त्री समेत राजपाबाट सरकारमा प्रतिनिधित्व गर्नेछन् । त्यसैगरि महतोको गृहजिल्ला सर्लाहीबाट भतिजो उपेन्द्र महतो र रामनरेशराय यादवले समेत सरकारमा सहभागिताका लागि दावेदारी राखेका छन् । तर श्रोतले भन्यो महतोले रामनरेशरायलाई सभामुखमा र उपेन्द्रलाई महत्वपुर्ण कुनै मन्त्रालयको जिम्मेवारी दिने सोचमा छन् । तर रामनरेस भने महेन्द्रराय निकट भएता पनि बरिष्टताका अधार उनी पार्टीमा बरिष्ट नेता रहेका कारण उनलाई पनि ब्यवस्थापन आवश्यक रहेको छ । श्रोतले भन्यो मनिष सुमनको संभावना निकै नै न्यून छ पछि ७ बाट १० ओटा मन्त्राय भयो भने पछि उनको सहभागिता पनि हुन सकिनेछ । अलिेलाई खासै उनको कुनै संभावना छैन ।

प्रदेश नम्बर २ को नाम मध्यमधेश प्रदेश
प्रदेश सभाको पहिलो बैठकले तोक्ने संवैधानिक प्रावधान रहेकोमा प्रदेश नम्बर २ को नाम भने मध्य मधेश प्रदेश प्रस्ताव गरिएको छ । मिथिला, भोजपुरा, मधेश लगायतका नामहरु राख्ने चर्चाबीच फोरम राजपाले यो प्रदेशको नाम भने मध्य मधेश प्रदेश राख्ने भएको हो । मधेश भनेको मात्र ८ जिल्ला होइन २२ जिल्ला हो तर्सथ प्रदेश नम्बर २ को नाम मधेश पदेश उपयुक्त हुदैन फोरमका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार रहेका विजय यादवले भने बिज्ञहरबाट बिभिन्न खालका नामहरु आएकाछन् । त्यसमध्ये करिब करिब मध्य मधेश प्रदेश नै तय हुने छ ।

प्रदेश नम्बर २ मा मन्त्रालयको संख्य १० कायम गरिने
संवैधानिक ब्यवस्था अन्तरगत हाल मुख्यमन्त्री समेत जम्मा ७ ओटा मन्त्रालयको ब्यवस्था रहेको प्रदेश सरकारमा मन्त्रि भने जम्मा २१ ओटा सम्म बन्न पाउनेछन् । तर भागभण्डा मिलाउन मन्त्रीको उही संख्यामा केन्द्रित रहि मन्त्रालयको संख्या बढाउदै ७ बाट १० गर्ने राजपा फोरमको तयारी रहेको छ । जसमध्ये राज्मन्त्री समेत १ मन्त्रालय काग्रस वा एमालेलाई दिने बाकि रहेको ९ ओटा मध्ये ४/५को हिसाबले फोरम राजपा आफूले भाग लगाउने तयारीमा रहेका छन् ।

प्रदेशमा रहने मन्त्रायलहरु :
१ पुख्यमन्त्री, स्थानिय, कानून, समेत
२ गृह तथा आन्तरिक प्रशासन
३ अर्थ वाण्ज्यि तथा ब्यपार
४ शिक्षा संचार एंव स्वास्थ्य
५ भौतिक एवं पुर्वाधार
६ कृषि तथा भूमिसुधार
७ बन बातावरण, विज्ञान प्रविधि

प्रदेश प्रमुखको नाम परिवर्तन हुने
हाल संवैधानिक ब्यवस्था अनुसार राष्टपतिका प्रदेश स्थित रहेका प्रतिनिधिलाई प्रदेश प्रमुख भनिएता पनि उक्त पदको नाम परिवर्तन हुने भएको छ । फोरम अध्यक्ष यादवले भने हतार मनाइएकाले होला निकै नै त्रुटिहरु रहेका छन् । प्रदेश प्रमुख कुनै उपयुक्त नाम नभएको उनले बताए । कार्यकारी अधिकार मुख्यमन्त्रीमा रहेकाले प्रदेश प्रमुखको नाम राज्यपाल वा प्रदेशपाल आदि हुनसक्ने बताए । मात्र प्रदेश प्रमुखको कुरा हैन यहाँ त कति मिस्टेक छन् कति उनले भने स्थानिय तहदेखि केन्द्रसम्ममा पदमै निकै त्रुटीहरु देखिएका छन् । @जनता पोष्ट

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्