Logo
१५ चैत्र २०८०, बिहीबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपथग्रहण गर्न सुर्खेत पुग्न हेलिकोप्टर नै चार्टर

काठमाडौं : देशभरका प्रदेशसभा सदस्यहरको सपथग्रहण कार्यक्रम अन्तरगत  प्रदेश ६ का प्रदेशसभा सदस्यहरु सपथग्रहण गर्न हिलिकोप्टर चार्टर गरेर सुर्खेत पुगेका छन् । शनिबारका लागि प्लेन टिकट लिएका उनीहरु उडान नभएपछि आइतबार विहानै हेलिकोप्टर चार्टर गरेर वीरेन्द्रनगर पुगेका हुन् । प्रदेश प्रमुख दुर्गाकेशर खनाल र प्रदेशसभा सदस्यहरुसहित २७ जना नेपाली सेनाको हेलिकोप्टरमा अस्थायी मुकाम वीरेन्द्रनगर पुगेका हुन् ।

समानुपातिकतर्फ सांसद बनेकाहरु प्रमाणपत्र ग्रहण गर्न काठमाडौंमा आएका थिए भने अन्य प्रदेश सदस्यहरु पनि काठमाडौं मै थिए । प्रदेश ६ का सदस्यहरुको सपथग्रहण आज विहान ११ बजे जिल्ला समन्वय समितिको कार्यालय हुने जनाइएको छ । प्रदेश ६ मा ४० सदस्य रहेका छन् ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्