Logo
५ जेष्ठ २०८१, शनिबार
(January 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुलिस क्लबलाई राष्ट्रिय पुरुष फुटबलको उपाधि 

दाङ : अट्ठाइसौँँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।प्रतियोगिताको आज भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

खेल अवधिभर दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि ट्राइवेकरमा नेपाल पुलिस क्लबका तर्फबाट सुमन लामा, तेज तामाङ, बुद्ध लामा, दिनेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए । त्रिभुवन आर्मी क्लबका तर्फबाट जसविन कार्की, हिरने मगर, विवेक बस्नेत र उपेश केसीले गोल गरेका थिए ।

प्रकाशित मिति: Jan 20, 2018

प्रतिक्रिया दिनुहोस्