Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तामाङ समुदायले आज ल्होछार नमनाउने, मलमासले गर्दा सरेर फागुन ४ गते परेको दावी

काठमाडौं : तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष औपचारिक कार्यक्रम गरी नमनाउने भएका छन् । सरकारले भने आजै सोनाम ल्होछारको सार्वजनिक विदा दिएको छ । सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द्रपात्रो अनुसार आजभन्दा ठीक १ महिनापछि फागुन ४ गते मात्रै ल्हो फेरिने भएकोले आज नमनाइने तामाङ समुदायका संघसंस्थाका अगुवाले जनाएका छन् ।  हृ्योल्मो, घलेलगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने आजै ल्होछार मनाउने जनाएका छन् ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारको विदा आज दिएपनि ल्होछार भने योपटक मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होछारसँगै परेकाले त्यसदिन मात्रै मान्ने बताए । नेपाल तामाङ घेदुङलगायत विभिन्न १ सयभन्दा बढी संघसंस्थाले यसअघि नै सरकारले दिएको सार्वजनिक विदा सार्न अनुरोध गरेपनि त्यसको सुनुवाइ नहुनु दुःखद भन्दै एक महिनापछि मात्रै मनाउने जनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार यो वर्ष चरा वर्ष पूरा गरी कुकुर वर्षमा प्रवेश हुँदैछ । एक वर्षमा एक ल्हो मानि १२ वर्षमा १२ वटा जनावरको नाममा चक्र पूरा हुने पम्परा छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गर्ने परम्परा रहेको खेन्पो सोनाम ग्युर्मीले जानकारी दिए ।

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्