Logo
५ जेष्ठ २०८१, शनिबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुमार्गीको जवाफ : ‘सिरोहियाको कान्तिपुरले धेरैलाई ब्ल्याकमेल गरे तर म छोड्दिन’

हेटौंडा : मिडिया उद्यमी तथा व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाले आफूलाई ब्ल्याकमेल गरेको र अहिले आएर यो प्रकरण मिलाउन हारगुहार गर्दै हिँडेको आरोप लगाएका छन् ।मकवानपुरको हेटौंडामा पत्रकारसँग कुरा गर्दै सुमार्गीले भने, ‘सिरोहियाजी यो प्रकरण मिलाइदिनु पर्‍यो भन्दै हारगुहार गरेर हिँडिरहेका छन् । तर म यो ब्ल्याकमेलिङ प्रकरणलाई बिट नमारी छोड्दिन ।’

कान्तिपुर समग्रमा ब्ल्याकमेल गर्ने संस्था रहेकाले आफू पनि त्यसको शिकार भएको बताउँदै सुमार्गीले यो ब्ल्याकमेलको शृङ्खला अन्त्य गरेरै छोड्ने दाबी पनि गरेका छन् । कान्तिपुरले धेरैलाई ब्ल्याकमेल गर्ने गरेको र त्यही कारण अहिलेसम्म सबै चुप बस्न बाध्य भएको तर आफूले कान्तिपुर मिडिया ग्रुपका बारेमा पर्दाफास गर्न थालेपछि सिरोहियाले हारगुहार गर्न लागेको सुमार्गीले बताए।

कान्तिपुरले ब्ल्याकमेल गरेका धेरैजना आफ्नो सम्पर्कमा आएको र अब कान्तिपुरका धेरै काण्ड बाहिर ल्याएरै छोड्ने सुमार्गीले दाबी गरेका छन् । कान्तिपुर पत्रिकामा सुमार्गीको आयस्रोत तथा सम्पत्तिका बारेमा खबर आएपछि विवाद सुरु भएको थियो । कान्तिपुरले सुमार्गीको आयको स्रोत नखुलेको र अहिले राजनीतिक संरक्षणमा कालो धनलाई वैध बनाउन लागेको दाबीसहितको खबर छापेको थियो । त्यसपछि सुमार्गीले कान्तिपुर मिडिया ग्रुप (केएमजी) नभएर ब्ल्याकमेलिङ इन्स्टिच्युट, बिएमआई रहेको आरोप लगाएका थिए ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्