Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई मन्त्री समक्ष चलचित्र ‘राधा सँग मोहन’ को विशेष प्रदर्शन

काठमाडौं : एक कार्यक्रमबीच मैथिली भाषामा निर्माण भएको चलचित्र ‘राधा सँग मोहन’ विशेष शो प्रदर्शन गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव अतिथि खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादव र सङीतकार तथा गायक सन्तोष राज उपस्थित भएका थिए ।

विशेष शो पश्चात् मन्त्री देवले प्रतिक्रिया दिँदै मैथिली भाषाका चलचित्रहरुको उत्थान तथा विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले मैथिली चलचित्र काठमाडौंमा प्रदर्शन हुनु गर्वको कुरा भएको बताए । यस्तै, अर्का मन्त्री यादवले मैथिली भाषाप्रति आफ्नो बढी झुकाव भएकोले यो सराहनीय कार्य भएको बताए । उनले मैथिली भाषाका चलचित्रले मैथिली संस्कृतिको जगेर्ना गर्ने बताए ।

जमल नाचघरमा प्रदर्शन गरिएको विशेष शोमा करिब ८० जनाको उपस्थिति भएको जनाइएको छ । सो कार्यक्रममा कलाकार, समाजसेवी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा गायक तथा निर्देशक सन्तोष राजले नेपाली फिल्म उद्योग अब मैथली तथा भोजपुरीमय हुने बताए । दर्शकको संखयाका अधारमा अब फिल्महरु नेपाली फिल्म उद्योग मैथली भोजपुरी समेत नेपाली भाषामा समेत बन्नुपर्ने बताए ।

चललिचत्रमा कथा–गीत डिपी शास्त्री, गायक उदितनारायण झा, दीपा झालगायत रहेको जनाइएको छ । चलचित्रको निर्माता दिपेन्द्र देव, निदेर्शक धर्मेन्द्र धर्मात्मा रहेका छन् । कलाकारहरु अमरेश सिंह, वीरेन्द्र गुवा, डीपी शास्त्री, दीपेन्द्र देव लगायत रहेका छन् ।

सो कार्यक्रममा कलाकर्मी सन्तोष राज सहित योगेन्द्र देव, कमल मण्डल, ममता देव, इन्द्रदेव मण्डल, परशुराम चौधरी लगायतले चलचित्रको सफलताको कामना गरेका थिए । सो चलचित्र फाल्गुण महिनामा हलहरुमा प्रदर्शन ल्याउने तयारीमा रहेको निर्माण समूहले जनाएको छ ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्