Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालक अपहरण गरेर २ करोड फिरौती माग्ने अपहरणकारी पक्राउ

नवलपरासी : भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ बाट अपहरणमा परेका एक बालकको शकुसल उद्दार गरिएको छ साथै अपहरणकारीलाई नियन्त्रणमा पनि लिइएको छ ।

नेपाल भारत सिमावर्ती बजार ठुठीबारीको सबैभन्दा ठुलो व्यपारी बब्लु निगमका ९ बर्षिय छोरा आयुस निगमको अपहरण गर्नेलाई प्रहरीले शनिवार साँझ विहार टंकीबजारबाट नियन्त्रणमा लिएको छ र अपहरणकारीको साथबाट अपहृत बलकको पनि उद्धार गरिएको छ । आयुस गत विहिवार दिउँसो ठुठीबारी बजारबाट अपहरणमा परेका थिए । अपहरणकारीले बालकका बाबु बब्लु निगमसँग २ करोड नेपाली रुपैयाँ मागेका थिए।

बालकलाई अपहरण गरि नेपालको भुमी हुदै भारतको विहार राज्यको भैंसालोट क्षेत्रमा लुकाइएको थियो । बब्लु निगमसँग २ करोड रुपैयाँको डिमाण्ड आएपछि नेपाल र भारतका संयुक्त प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको थियो ।

बालक अपहरणपछि ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले घटनामा संलग्न हुन सक्ने शंकाको आधारमा ठुठीबारीकै एक जना युवकलाई नियन्त्रणमा लिएको थियो ।

बालकलाई अपहरण गरेका ३ जनाको समुहले शनिवार साँझ ५ बजे टंकी बजारमा २ करोड रुपैयाँ लिएर बालकका बुवा बब्लुलाई बोलाएका थिए । व्यपारी बब्लुले अपकरणकारीलाई डिमाण्ड रकम दिने र बालक लिने क्रममा प्रहरी टोलीले अपहरणकारीलाई नियन्त्रण लिएको थियो । पक्राउ परेका अपहरणकारीको समुहमा एक नेपाली र ३ जना भारतीय रहेको ठुठीबारी पुलिस स्टेशनले जानकारी दिएको छ । प्रहरीले अपहरणकारीलाई पक्राउ गरेपछि भारतको ठुठीबारी पुसिल स्टेशनमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्