Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकमा मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

चौतारा : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा शनिबार राति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भूकम्पपीडितको घर निर्माणका लागि गिटी बोकेर गईरहेको बा ४ ख २९६० नं को मिनीट्रक करिब १२ सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए ।

मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् । लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jan 14, 2018

प्रतिक्रिया दिनुहोस्